बिहीबार , साउन २१ गते २०८३

कमल थापाले भने बाबुरामको उचाइ झनै बढ्यो

कमल थापाले भने बाबुरामको उचाइ झनै बढ्यो

अखबार दैनिक
सोमबार, जेठ २६ २०७७
  • कमल थापाले भने बाबुरामको उचाइ झनै बढ्यो

    २६ जेठ काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले निर्वाचन आयोगमा पेश भएको कागजले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजनीतिक उचाइ र वरियता प्रतिनिधित्व नगर्ने बताएका छन्। मधेशकेन्द्रित २ दल मिलेर गठन भएको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने क्रममा बाबुरामको वरियता चौथोमा राखिएको विषयमा खिसीट्युरी भइरहेकोतर्फ इंगित गर्दै थापाले यसले बाबुरामको उचाइ बढाएको उल्लेख गरेका हुन्।
    सामाजिक सञ्जाल ट्विटरमा थापाले लेखेका छन्, ’वरीयताको विषयमा डा. बाबुराम भट्टराईलाई केहीले खिसी गरेको पढें। बाबुरामजीसँग धेरै विषयमा मेरो मतभेद छ । तर, उहाँको वरीयतारराजनीतिक उचाइ नि. आयोगमा पेश भएको कागजले गर्दैन। लामो राजनीतिक यात्रा र संघर्षले समाजमा उहाँको स्थान कायम भैसकेको छ। एकतागर्दा नाम तल राख्न मानेर बरु उहाँको उचाइ अझै बढेको देखिन्छ ।’
    राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टी मिलेर गठन भएको जनता समाजवादी पार्टीले आइतबार निर्वाचन आयोगमा बुझाएको नामावलीमा बाबुराम भट्टराईको नाम चौथो वरियतामा छ।

    F1A28564-9A01-4BC1-AABA-761086D24A8A.jpeg

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार