बिहीबार , साउन २१ गते २०८३

संविधान संशोधन विधेयक प्रस्ताव प्रतिनिधि सभाको बैठकबाट सर्वसम्तीले पास भयो

संविधान संशोधन विधेयक प्रस्ताव प्रतिनिधि सभाको बैठकबाट सर्वसम्तीले पास भयो

अखबार दैनिक
मंगलबार, जेठ २७ २०७७
  • संविधान संशोधन विधेयक प्रस्ताव प्रतिनिधि सभाको बैठकबाट सर्वसम्तीले पास भयो

    २७ जेठ, काठमाडौं । सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई विचार गरियोस भन्ने प्रस्ताव आजको प्रतिनिधिसभाको  बैठकबाट सर्वसम्पातीले पास भएको छ ।

    भारतले अतिक्रमण गरेको लम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र फर्काउन प्रतिनिधिसभामा उपस्थित दलहरु सरकारको पक्षमा उभिएका छन् । र, संसदले लिम्पियाधुरासहितका भूभाग समेटिएको नयाँ राजनीतिक नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पास गरेको छ ।

    विधेयक स्वीकृत भएसँगै सांसदहरूलाई संशोधन प्रस्ताव राख्न खुल्ला भएको छ।अब सरकारले ल्याएको संशोधन विधेयकमाथि संशोधन गर्न सांसदहरूले ७२ घण्टा समय पाउनेछन्। उनीहरूले सरकारले ल्याएको निशान छापमा परिवर्तनको प्रस्ताव गर्न सक्छन्।

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संशोधन विधेयकको समर्थनको घोषणा बैठकमा गरेको थियो। त्यस्तै मधेश केन्द्रित दुई दल राजपा र समाजवादी मिलेर बनेको जनता समाजवादी पार्टीले पनि संशोधनको समर्थन गरेको थियो।

    संशोधन विधेयकमाथि मंगलबार भएको सैद्धान्तिक छलफलमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा), विपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसहित सबै दलका सांसदहरुले विधेयकको पक्षमा धारणा राखेका थिए ।

    कानून मन्त्री शिवमाया तुम्बाहाङ्फेले विधेयकको छलपलमा जवाफ दिने क्रममा दलहरूबीच एक मत देखिएकोमा खुसी व्यक्त गरिन्। उनले नेपालले अब भूमि फिर्ता लिने र त्यसको भोगचलन समेत गर्ने बताइन्।

    BF078D5E-5AEC-4AFC-B579-80AA8A0D7763.jpeg

     

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार