बुधबार, वैशाख २५ गते २०८२

महिलाको ‘नो मिन्स नो नै हुन्छ’ भन्ने युवा पुस्तालाई बुझाइयोस् : सांसद चन्द

महिलाको ‘नो मिन्स नो नै हुन्छ’ भन्ने युवा पुस्तालाई बुझाइयोस् : सांसद चन्द

अखबार दैनिक
आइतबार, माघ २७ २०८१
  • महिलाको ‘नो मिन्स नो नै हुन्छ’ भन्ने युवा पुस्तालाई बुझाइयोस् : सांसद चन्द

    नेकपा माओवादी केन्द्रकी सांसद रेनु चन्दले महिलाको ‘नो मिन्स नो नै हुन्छ’ भन्ने कुरा नयाँ पुस्तालाई बुझाउन आवश्यक रहेको बताएकी छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा आकस्मिक समयमा लिएर बोल्दै उनले यस्तो बताएकी हुन् । अछाममा दुई जना किशोरीको हत्या गरेको घटना स्मरण गर्दै उनले यस्तो बताएकी हुन् ।

    images

    उनले भनेकी छन्, ‘यहाँ कानुनको साथसाथै शिक्षा, स्थानीय सरकार लगायत सबै ठाउँमा गम्भीर भएर काम गर्नुपर्ने अवस्था देखा परेको छ । महिलाको नो मिन्स नो नै हुन्छ भन्ने कुरा आजका युवा पुस्तालाई राज्यले बुझाउनुपर्ने टड्कारो आवश्यकता देखिएको छ ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ