बिहीबार , साउन २१ गते २०८३

२४ घन्टामा २७९ कोरोना संक्रमित गोरखाको भिमसेन गाउपालिकामा थप ४ जनामा संक्रमण पुष्टि

२४ घन्टामा २७९ कोरोना संक्रमित गोरखाको भिमसेन गाउपालिकामा थप ४ जनामा संक्रमण पुष्टि

अखबार दैनिक
बुधबार, जेठ २८ २०७७
  • २४ घन्टामा २७९ कोरोना संक्रमित गोरखाको भिमसेन गाउपालिकामा थप ४ जनामा संक्रमण पुष्टि

    २८ जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा २७९ कोरोना संक्रमित थपिएका छन्। 

    स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार विभिन्न जिल्लामा २७९ कोरोना संक्रमित थपिएका हुन्। 

    योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ४३६४ पुगेको छ। तीमध्ये ६७४ जना डिस्चार्ज भएका छन् भने १५ जनाले ज्यान गुमाएका छन्। 

    सरकारले पछिल्लो समय पिसिआर प्रविधिबाट  दैनिक झन्डै ४ हजार ५ सयका दरले परीक्षण गरिरहेको छ। अहिलेसम्म १ लाख १० हजार ७ सय ४४ जनाको पिसिआरबाट परीक्षण गरिएको छ।  

    यसैगरी गोरखामा बुधबार थप चार जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    भीमसेन थापा गाउँपालिकाका तीन पुरुष र एक महिलामा संक्रमण देखिएको हो । काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा  गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टी भएको हो ।

    सरकारले घरबाहिर जाँदा मास्कको प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भिडभाडमा जाँदा, घरबाहिर निस्कदा, सार्वजनिक स्थलमा जाँदा र सार्वजनिक यातायातमा यात्रा गर्दा मास्क प्रयोग गर्न अनुरोध गरेका छन् ।

    मास्क प्रयोगले कोरोना भाइरस संक्रमणको जोखिम घटाउने सरकारको भनाइ छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि घरबाहिर निस्कदा मास्क प्रयोग गर्नु सुरक्षित हुने बताएको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार