बिहीबार , साउन २१ गते २०८३

दिवाकर भट्टराईको फिल्म 'मायावी' को ट्रेलर (भिडिओ)

दिवाकर भट्टराईको फिल्म 'मायावी' को ट्रेलर (भिडिओ)

अखबार दैनिक
बिहीबार , फागुन १ २०८१
  • दिवाकर भट्टराईको फिल्म 'मायावी' को ट्रेलर (भिडिओ)

    दिवाकर भट्टराईको निर्देशनमा बनेको फिल्म 'मायावी' को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा अभिनेत्री दीपिका प्रसाईं र पल शाहबीचको प्रेम सम्बन्ध देखाइएको छ। 

    फिल्ममा पल र दीपिकासँगै प्रशान्त ताम्राकार, सुशील सिटौला, करिश्मा श्रेष्ठ, समिम खान, लक्ष्मी गिरी, अंशु महर्जन, रवि डंगोल, राजाराम पौडेल, रमा प्रसाईंलगायत कलाकारको अभिनय छ। फिल्मको कथा लेखन निर्देशक भट्टराई स्वयंको हो।

    क्रिएटिभ सिने आर्टस् प्रालिको प्रस्तुतिमा निर्माण भएको फिल्मको निर्मातामा ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्त छन्। राजु थापाको डीओपी रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन छ। यो फिल्म महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेदेखि प्रदर्शन हुनेछ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार