बिहीबार , साउन २१ गते २०८३

टंक बुढाथोकीको चलचित्र ‘मन बिनाको धन’ शुभ मुहूर्त

टंक बुढाथोकीको चलचित्र ‘मन बिनाको धन’ शुभ मुहूर्त

अखबार दैनिक
शुक्रबार, फागुन २ २०८१
  • टंक बुढाथोकीको चलचित्र ‘मन बिनाको धन’ शुभ मुहूर्त

    गायक एवं संगीतकार टंक बुढाथोकीले निर्माण तथा निर्देशन गर्न लागेको चलचित्र ‘मन बिनाको धन’ को शुभ मुहर्त सम्पन्न भएको छ। शुक्रवार बिहान कोटेश्वर महादेव मन्दिरमा पुजा गर्दै चलचित्रको मुहर्त गरियो। सरोज खनालले क्ल्याप,युवा व्यवसायी टिका बुढाथोकीले नरिवल फोरेका थिए भने बाल गायक तथा कलाकार अशोक दर्जी र सन्तोष पन्तले मुहर्त शर्ट दिएका थिए। चलचित्रको आजबाट नै छायांकन सुरुवात गरिएको छ।

    Messenger_creation_7710FD76-198B-4BB1-A0BB-2ADB635C27AE.jpeg

    आफ्नो हिट गीत ‘मन बिनाको धन’ शीर्षकमा बन्ने चलचित्रमा मुख्य पात्र बाल गायक अशोक दर्जी हुनेछन् । चलचित्रमा अशोक दर्जीसँगै सरोज खनाल,सन्तोष पन्त,रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा,बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा,उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा,बिना राउत, ए.आर बुढाथोकी,बाबु पराजुली,रक्षा श्रेष्ठ,प्रियंका झा,विनय अधिकारी,आर्यन नेपाल,विजय डंगोल लगायतका कलाकारको अभिनय रहनेछ ।

    Messenger_creation_50FF2B13-E6E2-4361-960A-7012182E258D.jpeg

    चलचित्रको कथा निर्माता निर्देशक टंक बुढाथोकी आफैले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । सामाजिक विषयवस्तुमा निर्माण हुने चलचित्रलाई बैंकटेश इन्टरटेन्टमेन्टले वितरणको जिम्मा लिएको छ। चलचित्रको निर्माता बिष्णु माया मैनाली र सह निर्माता जीपी संग्रौला,लक्ष्मी गिरि,विवेक नेपाल विजया पाण्डे हुन् भने मिनु शर्मा (सपना) कार्यकारी निर्मातामा रहेका छन्।

    अशोक दर्जीले आफ्नो पहिलो गीत ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ मार्फत आफ्नो जीवन नै परिवर्तन गरेका छन् । गीतमा टंक बुढाथोकीको संगीत रहेको छ । दर्जी हाल काठमाडौंमा कक्षा ८ मा अध्ययनरत छन् ।

    Messenger_creation_0397C42A-B0AF-40DB-9320-1B257EB385A4 (1).jpeg

    चलचित्रमा टंक बुढाथोकी संगीत,सौरभ लामाको छायांकन,कविराज गहतराजको कोरियोग्राफी,मित्र डी.गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन रहने छ। चलचित्रमा अरुण रेग्मी र अर्जुन पोखरेल प्रोडक्सन मेनेजर रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार