आइतबार, वैशाख २२ गते २०८२

त्रिशुलीमा भेटिएको शव मोटरसाईकल दुर्घटनापछि हराईरहेका रानाको भयो पुष्टि

त्रिशुलीमा भेटिएको शव मोटरसाईकल दुर्घटनापछि हराईरहेका रानाको भयो पुष्टि

अखबार दैनिक
आइतबार, फागुन ११ २०८१
  • त्रिशुलीमा भेटिएको शव मोटरसाईकल दुर्घटनापछि हराईरहेका रानाको भयो पुष्टि

    चितवन । त्रिशुली नदीमा फेला परेको शव मोटरसाईकल दुर्घटना हराइरहेका रोहित रानाको रहेको पुष्टि भएको छ ।आईतबार बिहान सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक भुल बहादुर थापाको कमाण्डमा परिचालित गोताखोरसहितको सुरक्षा फौजले फेला पारी शव नदीबाट बाहिर निकालेको हो । 

    images

    सो शव चितवन जिल्लाको ईच्छाकामना गाउँपालिका–५ स्थित ३ नं. पुलबाट मोटरसाईकल दुर्घटना भई त्रिशुली नदीमा हराई रहेका रोहित रानाको भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । 

    नारायणघाटबाट मुग्लिनतर्फ आउँदै गरेको बा ०६–०२ प ९२०४ नम्बरको मोटरसाईकल फागुन २ गते विहान करीब ११: ४० बजेको समयमा दुर्घटना भएको थियो । दुर्घटनामा परी हराई रहेका रानको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर निरन्तर परिचालन गरिएकोमा उनी भारतीय सेनामा कार्यरत रहेको र चितवनस्थित घरबाट काठमाडौँ जान हिडेको परिवारका सदस्यहरुले बताएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ