काठमाडौं । तेस्रोपटक टी–२० विश्वकपमा छनोट हुदैँ नेपाली राष्ट्रिय क्रिकेट टोली नेपाल फर्किएको छ ।
बिहिबार राती स्वदेश फर्किएको नेपाली टोलीलाई खेलकुदमन्त्री बब्लु गुप्तालगायत क्यानका पधाधिकारीहरुले स्वागत गरेका थिए । नेपाली टोलीले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको यूएई सिरिज समेत सम्पन्न गरेर आएका हुन् । नेपाली टोली अब एनपिएलको तयारीमा रहनेछ ।
