बिहीबार , साउन २१ गते २०८३

‘लाज शरणम्’ पाइरेसी गर्ने १५ टिकटक एकाउन्टविरुद्ध साइबर ब्यूरोमा उजुरी

‘लाज शरणम्’ पाइरेसी गर्ने १५ टिकटक एकाउन्टविरुद्ध साइबर ब्यूरोमा उजुरी

अखबार दैनिक
बिहीबार , फागुन १५ २०८१
  • ‘लाज शरणम्’ पाइरेसी गर्ने १५ टिकटक एकाउन्टविरुद्ध साइबर ब्यूरोमा उजुरी

    फिल्मका दृश्य खिचेर सामाजिक संजालमा पोस्ट गर्ने एकाउन्टविरुद्ध फिल्म ‘लाज शरणम्’ले प्रहरीको साइबर ब्यूरोमा विहिबार उजुरी दिएको छ ।

    १५ टिकटक एकाउन्टमा पोस्ट गरिएका फिल्मका दृश्य हटाउन भन्दै निवेदन दिइएको फिल्मको डिजिटल पार्टनर ओएसआरले जनाएको छ । ‘लामा दृश्य हालिएका ५ र छोटा दृश्य पोस्ट गर्ने १० टिकटक एकाउन्टबाट ती भिडियो हटाउन आग्रह गर्दै निवेदन दिएका हौं’ ओएसआरका रुपेन्द्र खड्गीले भने ।

    प्रहरीमा दिएको उजुरीमा भनिएको छ, ‘यस चलचित्रका टुक्राहरू सिनेमा घरमा गएका दर्शकले मोबाइल फोन भिडियो क्यामेरामार्फत उक्त सिनेमाको भिडियो खिचि सामाजिक संजालमा पोस्ट गरिरहेको सो काम निरन्तर भइराखेको हुनाले उक्त क्लिपहरू हटाइ आवश्यक कार्वाही गरिपाऊँ भनी विनम्र निवेदन पेश गर्दछु ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार