बिहीबार , साउन २१ गते २०८३

कोरोना भाईरसको औसधि बन्यो अब सबै तिर खुसिको माहोल

कोरोना भाईरसको औसधि बन्यो अब सबै तिर खुसिको माहोल

अखबार दैनिक
मंगलबार, असार २ २०७७
  • कोरोना भाईरसको औसधि बन्यो अब सबै तिर खुसिको माहोल

    २ असार, एजेन्सी । संसारभर महामारीको रुपमा फैलिरहेको कोभिड १९ को औषधि पत्ता लागेको छ। अब सबैतिरबाट खुशिको प्रतिक्रिया शुरू । 

    सस्तो र आम रूपमा पाइने डेक्सामेथासोन नामक औषधिले कोरोना भाइरसका कारण गम्भीर बिरामी भएका व्यक्तिहरूको जीवन जोगाउन मद्दत गर्ने बेलायतका स्वास्थ्य विज्ञहरूले बताएका छन्।

    यसले भेन्टिलेटरमा राखिएका बिरामी आठमा एक जना र अक्सिजन दिइएका २५ मा एकजनाको जीवन जोगाउने देखिएको विज्ञहरुले बताएका छन्। यो औषधि केही अघि पत्ता लागेको भए करिब पाँच हजार मानिसको अकाल मृत्यु रोक्न सकिने पनि बिबिसीलाई उद्धृत गर्दै बेलायतका स्वास्थ्य विज्ञहरुले जनाएका छन्। 

    मृत्युदर घटाउन सहयोगी हुने प्रमाणित यो नयाँ खालको औषधि नभएको र खासै महँगो पनि नभएको उनीहरुले बिबिसीसँग भनेका छन्। यो पुरानो र सस्तो खालको स्टेरोइड हो। खासगरी यसले उच्च सङ्ख्यामा कोभिड १९ का बिरामीहरू देखिएका गरिब देशहरूलाई ठूलो राहत दिन सक्ने ठानिएको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार