बिहीबार , साउन २१ गते २०८३

कर नउठे कर्मचारीलाई तलब दिन सकिदैन घुस लिए के गर्ने सरकार !

कर नउठे कर्मचारीलाई तलब दिन सकिदैन घुस लिए के गर्ने सरकार !

अखबार दैनिक
बुधबार, असार ३ २०७७
  • कर नउठे कर्मचारीलाई तलब  दिन सकिदैन  घुस लिए के गर्ने सरकार  !

    ३ असार, काठमाण्डौं । मंगलवार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले डिल्लीबजार मालपोत कार्यालयको कर्मचारिलाई घुस सहित पक्राउ गरेको छ ।

    सरकार सेवा दिन र कर उठाउन भन्दै गर्दा कर्मचारिले घुस लिने जस्तो अपराध गरिरहेका छन ।

     कोभिड-१९ कोरोना भाईरसको भयावह परिस्थितिको कारण सरकारले लामों समयको लकडाउन पछि सरकारि कार्यालय खुल्ने गरि गरेको निर्णयसंगै सबै सरकारि कार्यालयहरू सहज रूपमा खुल्न थालेका छन भने अति चाप हुने कार्यालहरूमा कर्मचारीको सिफ्टिङ अनुरूप सेवा दिनु पर्ने निर्णय सरकारले गरिसकेको छ। 

    तर सरकारी कार्यालय खुलेको दोस्रो दिन नै  डिल्लीबजार मालपोत कार्यालयमा ठूलो घुस लेनदेन भएको छ । साढे आठ लाख रुपैयाँ घुससहित पाँचजना कर्मचारी पक्राउ परेका छन् । 
    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक अधिकृत, तीन नासु र एक खरिदारलाई मंगलबार साँझ पक्राउ गरेको हो ।

    जग्गाको कित्ताकाटका लागि उनीहरूले सो रकम लिएको आयोगले जनाएको छ ।

    यस्ता केहि कर्मचारिको नालायकि पन र तल्लो स्तरका घटिया प्रवृतिले गर्दा ईमान्दारिताका साथ सेवा दिईरहेका कर्मचारिहरूलाई लाजमर्दो बनाएको एक कर्मचारी बताउछन ।

     

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार