आइतबार, भदौ १४ गते २०८३

कप्तान बर्माले दिलाइन् नेपाललाई दोस्रो सफलता

कप्तान बर्माले दिलाइन् नेपाललाई दोस्रो सफलता

अखबार दैनिक
आइतबार, फागुन २५ २०८१
  • कप्तान बर्माले दिलाइन् नेपाललाई दोस्रो सफलता

    युगान्डाविरुद्ध नेपालले दोस्रो सफलता प्राप्त गरेको छ। नेपालको सफलतामा कप्तान इन्दु बर्माले आठ ओभरको तेस्रो बलमा विकेट लिइन्। यसअघि पूजा महतोले पहिलो ओभरको पहिलो बलमै विकेट लिएर नेपाललाई सफलता दिलाएकी थिइन्।

    युगान्डामा जारी चारदेशीय महिला टी-२० कपअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलको रुपमा युगान्डासँग खेलिरहेको हो। खेलमा नेपालले टस जितेर बलिङ रोजेको छ। अहिले युगान्डा १० ओभरमा २ विकेट गुमाउँदै ३१ रन बनाएर खेलिरहेको छ।

    यसअघि नेपालले आफ्नो पहिलो खेल शनिबार नामिबियासँग खेलेको थियो। खेलमा नेपाल ६ विकेटले पराजित भयो। इन्दु बर्माको कप्तानीमा उत्रिएको नेपाली टिममा विकेट किपर एलिशाकुमारी यादव, रिया शर्मा, सम्झना खड्का, पूजा महतो, राजमती ऐरी, कविता जोशी, रुविना क्षेत्री, रोमा थापा, रचना चौधरी र ईश्वरी विष्ट छन्।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ