बिहीबार , साउन २१ गते २०८३

अभिनेता सुशान्त सिंह राजपुतले झुन्डिएर आत्महत्या गरेपछि विश्व फिल्म उद्योगमा ‘नेपोटिज्म’ को बहस चर्किन थाल्यो

अभिनेता सुशान्त सिंह राजपुतले झुन्डिएर आत्महत्या गरेपछि विश्व फिल्म उद्योगमा ‘नेपोटिज्म’ को बहस चर्किन थाल्यो

अखबार दैनिक
बिहीबार , असार ४ २०७७
  • अभिनेता सुशान्त सिंह राजपुतले झुन्डिएर आत्महत्या गरेपछि विश्व फिल्म उद्योगमा ‘नेपोटिज्म’ को बहस चर्किन थाल्यो

    ४, असार काठमाडौं : डिप्रेसनका कारण बलिउड अभिनेता सुशान्त सिंह राजपुतले झुन्डिएर आत्महत्या गरेपछि विश्व फिल्म उद्योगमा ‘नेपोटिज्म’ को बहस चर्किएको छ। अझ बलिउड अभिनेत्री कंगना रनावतले बलिउडमा व्याप्त नातावादका कारण सुशान्तले आत्महत्याको बाटो रोजेको अभिव्यक्ति दिएपछि नेपाली फिल्म बजारमा पनि यो विषयले चर्को बहसको रूप लिएको छ।

    नेपाली फिल्म क्षेत्रमा मौलाएको ‘नेपोटिज्म’ र ‘ग्रुपिज्म’ का कारण मेहनत गरेर अगाडि बढ्न चाहने र अभिनयमा अब्बल कलाकार डिप्रेसनको सिकार भएको केहीको तर्क छ। फेसबुकमा भिडियो पोस्ट् गर्दै अभिनेत्री नम्रता सापकोटाले नातावादको कुरा गर्न बलिउडसम्म पुग्नै नपर्ने बताएकी छन्। उनले नेपाली फिल्ममा यसले जरा गाडेको उल्लेख गरेकी छन्।

    उनको भनाइ छ, ‘कला र कलाकारितालाई भन्दा पनि आफ्नालाई सपोर्ट हुन्छ यहाँ। यहाँ फिल्मको घोषणा हुन्छ, कलाकार चाहियो भनेर घोषणा गरिन्छ। जब अन्तिममा कलाकार देखिन्छ, आफ्नै छोराछोरी वा भतिजा–भतिजी हुन्छन्। यहाँ एउटा फिल्म गर्न यति पारि श्रमिक लियो भन्ने खबर आउँछ। जुन सुन्दा हामी आफैंलाई अचम्म लाग्छ। तर, त्यो फिल्म आफ्नै मातापिताले बनाएको हुन्छ।’

    सापकोटाले मेहनत गरेर अगाडि बढ्न चाहनेलाई नातावादले थिच्ने गरेको पनि बताएकी छन्। उनले मेहनत गरेर आउने र अभिनय राम्रो हुनेलाई फिल्म क्षेत्रमा कसैले नगन्ने बताइन्। उनले भनिन्, ‘फिल्म क्षेत्रमा ५०–६० प्रतिशत व्यक्तिले आफ्नालाई मात्र महत्‍व दिन्छन्। अनि, कलाकार डिप्रेसनमा नगएर केमा जान्छन् त ? ’

    नम्रताको अभिव्यक्ति आउन नपाउँदै अर्की नायिका वर्षा शिवाकोटीको कडा स्टाटस आएको छ। उनले लेखेकी छन्, ‘‘नेपोटिज्म’ सबैतिर हुन्छ, फिल्म उद्योगमा मात्र होइन। फरक यत्ति हो कि फिल्म इन्डस्ट्री छर्लंग छ, सत्य बोल्ने आँट कमैको छ। किनकि यस्ता अभिव्यक्तिले भोलिका दिनमा करिअरमा असर पर्न सक्छ, कामको अभाव हुन सक्छ। गत वर्ष यो विषयमा फेसबुक स्टाटसमार्फत मैले नि हल्का कुरा उठाएकी थिएँ। त्यसपछि यसबारेमा कोही बोलेको सुनिएन, देखिएन पनि। हालै घटित बलिउड घटनाले यहाँ पनि यो विषयमा चासो बढेको देखें। केहीले आवाज नि उठाउनु भयो, जुन कुरामा म पनि सहमत छु। तर यति भन्दै गर्दा र आजको दिनसम्म यो ठाउँमा आइपुग्दा यो विषयले मात्र फिल्म क्षेत्र रुमल्लिएको छैन। यहाँ अरू थुप्रै अवस्था छन्, जुन कुरामा ध्यान दिनु जरुरी छ।’

    वर्षाले यही प्रसंग जोड्दै विभिन्न विषय उठान गरेकी छन्। ग्रुपिज्म, लभ अफेयर, युट्युबर र कलाकारको सम्बन्धलगायतका विषयले पनि उद्योगलाई असर परेको उनको विश्लेषण छ। उनले लेखेकी छन्, ‘म स्वयम् यसको सिकार हुँ। यहाँ नामका कारण पाइलैपिच्छे तुलना हुन्छ। मैले जति नै राम्रो, फरक काम गरे पनि प्रश्न उठाइन्छ। यी कुराले कति ठाउँमा मलाई मानसिक पीडा भएको मेरा नजिकका केहीबाहेक कसैलाई थाहा छैन। केही समय अघि म पनि डिप्रेसन थिएँ। यहाँ त यतिसम्म इन्स्टा, फेसबुकका फलोअर्सका आधारमा मेरो कामको मूल्यांकन गर्ने गरेका छन्। यी सबैको सामना गरेर पनि आफ्नो इथिक कायमै राखेर अगाडि बड्ने प्रयासमा जोड दिनु जरुरी छ। सबैलाई राम्रो काम गर्ने कलाकारको महŒव थाहा भई नै हाल्छ। मेरो पछिल्लो अभिव्यक्ति पश्चात् मैले अब काम नै नपाउने हल्ला थियो तर यो लकडाउन नभएको भए मैले साइन गरेका कति फिल्म समय दिन नसकेर छोड्नुपर्ने अवस्था थियो।’ उनले ‘हत्केलाले सूर्यलाई छेकेर छेकिन्छ र ? ’ भनेकी छन्।

    तर यस विषयमा निर्देशक दीपेन्द्र लामा अलि फरक धारणा राख्छन्। भन्छन्, ‘नेपाली फिल्म खेलेर करोडौं पारि श्रमिक पाउने पनि होइन। फिल्म खेलेर गाडीबंगला जोहो गर्ने नेपाली कलाकार बढीमा तीन चारजना होलान्। बाँकीलाई खर्च चलाउनै धौधौ छ। फेरि, जुगजुगसम्म बाँचिरहने फिल्म बन्ने भए पो कलाकारहरू अमर रहिरहने सम्भावना हुन्छ। त्यो हैसियत पनि नेपाली फिल्मको छैन। अनि फिल्म लाइनको मान्छेका घरमा छोरी पनि दिँदैनन्, बुहारी पनि खोज्दैनन्। सामाजिक सञ्जालमा हेर्नुस्, नेतापछि बढी गाली खानेमा कलाकार नै पर्छन्। अब, यस्तो क्षेत्रमा केको नेपोटिज्म, केको नेप्टोइज्म। वास्तवमा यहाँ कुनै इज्म नै छैन।’

    चलचित्र संघका पूर्वअध्यक्ष प्रदीपकुमार उदय भन्छन्, ‘चलचित्र समूहबाट नै निर्माण हुने हो र चलचित्र निर्माण गर्दा निर्माणमा सहज भयो र दर्शकले मन परायो भने निर्माता निर्देशकले पुनः आफ्नो चलचित्रमा लिने हो र लिनु पनि पर्छ। त्यस्तो अवस्थामा समूहगत भयो भन्नु उपयुक्त हुँदैन। त्यो ‘नेपोटिज्म’ हुँदैन र भनिँदैन पनि। चलचित्रमा दर्शकले रुचाएनन् भने केही हुँदैन जति सुकै कसैले कसैलाई स्थापित गर्न खोजे पनि। त्यसैले कोरोनाको महामारीबाट तहसनहस अहिलेको स्थितिमा यस्ता कुरा अनावश्यक रूपमा उठाउनु भनेको ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भने जस्तै हो।’

    ‘राम्रो अभिनय गर्नुस्, सर्वसाधारण माझ लोकप्रिय बन्नुस्। कसैले पनि बारम्बार करोडौंको लगानी छोराछोरीलाई नायकनायिका बनाउन मात्र गर्दैन। दर्शकले रुचाएकाले गर्ने हो। आफूले आफूलाई भयंकर अभिनय गर्न सक्षम छु भनेर ठान्नुभन्दा दर्शकलाई त्यो जिम्मा दिनुस्’, पत्रकार जीवन पराजुली भन्छन्, ‘तपाईंलाई हेर्न दर्शक आए भने तपाईंमाथि निर्माताले अवश्य लगानी गर्नेछन्। नपत्याए फिल्मसँग कुनै सम्बन्ध नै नभएका परिवारका छोराछोरीले नेपाली फिल्ममा गरेको प्रगति हेर्नुस्।’

    निर्देशक कुमार भट्टराईले आफ्ना सन्तानलाई आफू हिँडेको बाटोमा ल्याउनु गलत नभएको र त्यसलाई अनर्थ लिन नमिल्ने बताए। ‘विनोद चौधरीको छोरा चौधरी ग्रुपको अध्यक्ष बन्छ, त्यो ‘विरासत’ हो। भुवन केसीको छोरा अनमोल केसी हिरो नै बन्छ, त्यो ‘नेपोटिज्म’ हो। त्यो सिनेमा रंगमञ्चमा यता नि छ। बुझ नपचाम्’, भट्टराईले भने।

    तर, यस विषयमा अभिनेता सुशील श्रेष्ठको भिन्न मत छ। उनी नेपाली फिल्म क्षेत्रमा नातावाद नरहेको बताउँछन्। भन्छन्, ‘म कुनै फिल्मी परिवारबाट आएको होइन र मलाई फिल्मी परिवारबाट आउने कलाकारसँग केही ईष्र्या पनि छैन। नेपाली फिल्म क्षेत्र भर्खरै त पाइला टेक्दै छ, हुर्किंदै छ अघि बढ्दै छ। ‘नेपोटिज्म’ कताबाट आयो अहिले नै ? फिल्मी परिवारबाट आएको कलाकार पनि कति चलेका छन् र कति चलेका छैनन्।’

    अन्नपूर्णा अनलाईबाट 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार