बिहीबार , साउन २१ गते २०८३

‘मितज्यू’ बाट फिल्ममा डेब्यू गर्दै तेरिया मगर

‘मितज्यू’ बाट फिल्ममा डेब्यू गर्दै तेरिया मगर

अखबार दैनिक
बुधबार, फागुन २८ २०८१
  • ‘मितज्यू’ बाट फिल्ममा डेब्यू गर्दै तेरिया मगर

    भारतीय रियालिटी शो’डान्स इन्डिया डान्स लिल मास्टर्स’को सिजन ३ र ‘झलक दिखलाजा’सिजन ९ की विजेता तेरिया फौजा मगर नेपाली फिल्ममा डेब्यू गर्दैछिन्। उनले अनिल बुढा मगरको निर्देशनमा बन्ने फिल्म ‘मितज्यू’बाट नेपाली फिल्ममा डेब्यू गर्न लागेकी हुन्। फिल्ममा तेरियासँगै अभिनेता दयाहाङ राईको पनि मुख्य भूमिका रहनेछ।

    जनक घर्ती मगरको लगानीमा निर्माण हुने फिल्मका लागि दयाहाङले दोस्रो पटक सहकार्य गर्न लागेका हुन्। उनीहरूले यसअघि यसवर्षको सुपरहिट फिल्म ‘घरज्वाइँ’ मा काम गरेका थिए। गत असार २८ गते प्रदर्शकमा आएको फिल्मले ५१ औं दिन मनाउनुका साथै दर्शक तथा समीक्षकबाट उत्कृष्ट प्रतिक्रिया पाएको थियो।

    जिएम मूभिज प्रोडक्सन र एबीएम सिने प्रोडक्सनको ब्यानरमा फिल्म निर्माण हुनेछ। अर्को वर्षको छायांकन हुने फिल्ममा दयाहाङ र तेरिया बाहेक अन्य कलाकार को-को कलाकार रहने निर्माण टिमले सार्वजनिक गरेको छैन।

    आगामी वर्षको चैत २७ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा भइसकेको छ। महेश राईको लेखन रहेको फिल्मका प्रोडक्सन कन्ट्रोलर धन बहादुर राई हुन्। यसअघि तेरियाले सन् २०२२ को भारतीय वेब सिरिज उनकी यारीु र सन् २०२३ को क्याम्पस बिट्स जस्ता वेब सिरिजमा अभिनय गरेकी छन्।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार