बिहीबार , साउन २१ गते २०८३

चिनियाँ र भारतीय दुतावास अगाडी युद्ध अपराध हो भन्दै शान्ति समाजले दियो धर्ना

चिनियाँ र भारतीय दुतावास अगाडी युद्ध अपराध हो भन्दै शान्ति समाजले दियो धर्ना

अखबार दैनिक
बिहीबार , असार ४ २०७७
  • चिनियाँ र भारतीय दुतावास  अगाडी  युद्ध अपराध हो भन्दै शान्ति समाजले दियो धर्ना

    काठमाडौं। ‘युद्ध अपराध हो’भन्ने स्मरण गराउँदै मानव अधिकार तथा शान्ति समाजले काठमाण्डौ स्थित चिनियाँ र भारतीय दुतावास नजिकै धर्ना तथा प्रदर्शन गरेको छ। चीनियाँ र भारतीय सेनाबिच गल्वान उपत्यकाको सिमानामा भएको हिंसात्मक झडपमा दर्जनौ सैनिकहरु हताहत र घाइते भए पछि ‘युद्ध अपराध हो’ भन्दै प्रदर्शनी गरिएको हो।

    एशियाका दुई ठूला चीन र भारत शान्तिका लागि उदाहरण बन्नु पर्नेमा युद्धका लागि अग्रसर हुनु अत्यन्त दुखद हो। दुई ठूला देश बिच युद्ध तिर लम्किरहेको अवस्थामा दक्षिण एशिया र विश्व शान्तिकै लागि खतरा रहेको बिज्ञप्तिमा जनाइएको छ।

    131F0A43-D3F9-4767-88A4-9BCF6DD6DDF0.jpeg

    सिमाना क्षेत्रमा झडप रोक्न, वार्ताबाटै समस्याको समाधान खोज्न, आवेग होइन विवेकको प्रदर्शन गर्न भन्दै प्रदर्शन गरिएको छ। चिनियाँ दुतावास अगाडि भएको प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, संस्थापक सदस्य कृष्ण कँडेल, केन्द्रिय सचिव बलबहादुर गाहा मगरसहित दर्जनौ शान्तिवादीहरुको सहभागिता थियो। यसैगरी भारतीय दुतावास नजिक भएको प्रदर्शनमा शान्ति समाजका सभापति उत्तम पुडासैनी, कोषाध्यक्ष रामकृष्ण बराल सहित दर्जनौ शान्तिवादीहरुको सहभागिता रहेको जनाइएको छ। प्रदर्शनमा सहभागिहरुले युद्ध बिरोधी प्लेकार्डहरु प्रदर्शन गरेका थिए।

    यसैगरी असार ४ गते बिहान चीन र भारतलाई सिमान्त क्षेत्रमा झडप रोक्न आग्रह गर्दै शान्ति समाज रुपन्देही शाखाले वुटवलमा र दाङ शाखाले तुलसीपुरमा प्रदर्शन गरेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार