काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । सोमबार सुन प्रतितोला एक लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार पनि सुन सोहि मुल्यमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेको हो । महासंघका अनुसार आज चाँदी दुई हजार ४० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन चाँदी दुई हजार ४५ रुपैयाँमा कारोबार भएको थियो ।