बुधबार, भदौ २६ गते २०८२

ओली राजीनामा देऊ, अन्तरिम सरकार गठन गर

ओली राजीनामा देऊ, अन्तरिम सरकार गठन गर

अखबार दैनिक
बिहीबार , चैत ७ २०८१
  • ओली राजीनामा देऊ, अन्तरिम सरकार गठन गर

    प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा र अन्तरिम सरकार गठनको माग गरेको छ। ओली नेतृत्वको सरकार र वर्तमान संविधान असफल भएको निष्कर्ष निकाल्दै देशलाई निकास दिन अन्तरिम सरकार गठन गरिनुपर्ने माग आजपाले गरेको हो। 

    आजपा पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, काठमाडौँमा बसेको पदाधिकारी बैठकले प्रधानमन्त्रीसहित बहुमत मन्त्री कार्यसम्पादन मूल्यांकनमा फेल भएको र सरकार जनस्तरबाट अस्वीकृत एवं असफल भइसकेको जिकिर गर्दै नैतिकताका आधारमा प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिएर अन्तरिम सरकार गठनका लागि मार्गप्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको हो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ