बिहीबार , साउन २१ गते २०८३

नेपाली जनसम्पर्क समितिद्धारा सभापति देउवालाई ज्ञापनपत्रः बिदेशी नागरिकता लिएकाले पनि महाधिबेशनमा भाग लिन पाउनुपर्ने माग

नेपाली जनसम्पर्क समितिद्धारा सभापति देउवालाई ज्ञापनपत्रः बिदेशी नागरिकता लिएकाले पनि महाधिबेशनमा भाग लिन पाउनुपर्ने माग

अखबार दैनिक
शनिबार, असार ६ २०७७
  • नेपाली जनसम्पर्क समितिद्धारा सभापति देउवालाई ज्ञापनपत्रः बिदेशी नागरिकता लिएकाले पनि महाधिबेशनमा भाग लिन पाउनुपर्ने माग

    ६ असार , काठमाण्विडौं । विश्वभर रहेका नेपाली जनसम्पर्क समितिले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा भाग लिने वातावरण मिलाउन पार्टीको विधान र नियमावली संशोधन गर्न सभापति शेरबहादुर देउवासँग आग्रह गरेका छन्।

    विदेशी नागरिकता लिएका विदेशस्थित नेपाली जनसम्पर्क समितिका नेता तथा कार्यकर्ताहरुलाई नेपाली कांग्रेसले १४ औं महाधिवेशनमा भाग लिनबाट बन्चित गर्ने तयारी गरे पछि ३३ देशका कांग्रेस कार्यकर्ताहरुले सभापति शेर बहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन्।

    विश्वभर छरिएका नेपाली कांग्रेसमा आबद्ध नेता तथा कार्यकर्ताहरुको तर्फबाट पार्टी जनसम्पर्क समिति विभाग प्रमुख गोविन्द भट्टराईमार्फत सभापति देउवालाई शुक्रवार ज्ञापनपत्र बुझाउँदै यस्तो आग्रह गरेका हुन्। ज्ञापनपत्र बुझ्दै सभापति देउवाले विदेशमा रहेका कार्यकर्ताले उठाएको मागप्रति आफू सकारात्मक रहेको बताउँदै आगामी केन्द्रीय समितिको बैठकमा यस बिषयमा छलफल गर्ने प्रतिबद्धता जनाएका छन्।

    कांग्रेसको पछिल्लो संशोधित बिधान र पार्टीले जारी गरेको नियमावली बमोजिम प्रबासमा रहेका नेपाली कांग्रेसप्रति आस्थावान तथा नेपाली जनसंपर्क समितिमा क्रियाशील सदस्यलाई पार्टीको महाधिवेशनमा प्रतिनिधित्व गर्न र क्रियाशील सदस्यता लिन (नयाँ तथा नवीकरण) का लागि नेपाली नागरिकताको प्रतिलिपी अनिवार्य समाबेश गर्नुपर्ने ब्यवस्था गरेपछि उनीहरुले ध्यानाकर्षण गराएका हुन्।

    ज्ञापनपत्रमा पार्टीको विधानमा रहेको व्यवस्थाले बिदेशमा रहेका लाखौं नेपाली कांग्रेसका समर्थक एवम् दोस्रो पुस्ताका प्रायः सबै नेपाली युवा युवती पार्टीको सक्रिय सदस्य बन्नबाट बन्चित हुने भन्दै सभापति देउवाको ध्यानार्कषण गराएका हुन्। १३ औं महाधिबेशनमा प्राप्त अधिकारसहित प्रतिनिधित्वको सुनिश्चितता गर्न उक्त धारा निलम्बन गरी बिश्वभर छरिएका नेपाली जनसम्पर्क समितिको अधिवेशन र विधानमा एकरुपताका लागि पनि ज्ञापनपत्रमा आग्रह गरिएको छ।

    ज्ञापनपत्रमा विदेशस्थित नेपाली जनसम्पर्क समितिका सभापतिहरु, पूर्वसभापतिहरु, महाधिवेशन तथा महासमिति सदस्यहरु सहित ३३ देशका १३१ जना नेता तथा कार्यकर्ताको हस्ताक्षर रहेको नेपाली जनम्पर्क समिति बेल्जियममा पूर्वसभापति गंगाधार गौतमले जानकारी दिएका छन्।

    साथै, जनसम्पर्क समितिबाट कम्तिमा ५ जना आमन्त्रित केन्द्रीय सदस्यको व्यबस्था गरिनुपर्नेमा पनि सभापति देउवाको ध्यानाकर्षण गरिएको गौतमले बताए।

    9DCA3849-6C2E-4585-A3BC-C810D0C286BC.jpeg

    73933D9C-D3C4-43DC-BBD8-FD22E5B3D665.jpeg

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार