बिहीबार , साउन २१ गते २०८३

प्रकाश सपूतको ‘वसन्त’को ट्रेलर सार्वजनिक

प्रकाश सपूतको ‘वसन्त’को ट्रेलर सार्वजनिक

अखबार दैनिक
आइतबार, चैत १० २०८१
  • प्रकाश सपूतको ‘वसन्त’को ट्रेलर सार्वजनिक

    नेपाली फिल्म ‘वसन्त’को ट्रेलर सार्वजनिक भएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत सिनेमाको ४ मिनेट ५ सेकेन्ड लामो फिल्म ‘वसन्त’को ट्रेलर सार्वजनिक भएको हो । ट्रेलरमा नेपाली समाजमा व्याप्त छुवाछुत र जातप्रथाका कारण उत्पन्न हुने जातीय भयलाई कथाको रूपमा प्रस्तुत गरेको छ। यस संवादले प्रकाशको सिनेमाले प्रभावशाली र शक्तिशाली कथा प्रस्तुत गर्ने संकेत गर्छ। सिनेमा चैत २२ गते प्रदर्शन हुँदैछ ।

    नेपाल र विदेशमा एकसाथ प्रदर्शन हुने सिनेमामा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिवान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ।

    गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको यो सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत स्वयं निर्देशक सपुतले तयार पारेका छन्। सिनेमाले विपन्न विश्वकर्मा समुदायको छोराले लेखक बन्नका लागि गरेको संघर्षको कथा प्रस्तुत गर्नेछ।

    सिनेमाका निर्माता मोहन विश्वकर्मा र बिन्दु बोहोरा हुन् भने कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन्। सिनेमाका छायांकार सुसन प्रजापति हुन्। काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार