बिहीबार , साउन २१ गते २०८३

आगामी चुनावमा नेपाली काँग्रेस पहिलो पार्टी हुने : शशांक कोइराला

आगामी चुनावमा नेपाली काँग्रेस पहिलो पार्टी हुने : शशांक कोइराला

अखबार दैनिक
शनिबार, असार ६ २०७७
  • आगामी चुनावमा नेपाली काँग्रेस पहिलो पार्टी हुने : शशांक कोइराला

    ६ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आगामी चुनावमा नेपाली काँग्रेस पहिलो पार्टी हुने दावी गरेका छन्। 

    लोकतन्त्र प्राप्तिदेखि अहिलेसम्म पनि विकासमा अग्रणी भुमिका निर्वाह गरेको बताउँदै कोइरालाले देश समृद्ध बनाउन कांग्रेस नै चाहिने बताए। 

    संखुवासभा काठमाडौ सम्पर्क समितिले आयोजना गरेको कांग्रेस प्रवेश कार्यक्रममा महामन्त्री कोइरालाले अव युवाहरुको पहिलो छनौटको पार्टी कांग्रेस हुने बताउदै पार्टी प्रवेशको श्रृंखला निरन्तर रहने बताए। 

    कार्यक्रममा संखुवासभा जिल्ला मकालुका विश्व किर्तिमानधारी पर्वतारोही मिङमा शेर्पा लगायत पर्यटन व्यवसाय र पर्वतारोहणमा लागेका सात जनाले नेपाली कांग्रेस प्रवेश गरेका छन्।

    कार्यक्रममा सहमहामन्त्री प्रकाशशरण महतले नेकपाको गलत रवैयाका कारण देश पछि परेको धारणा राखे। 

    केन्द्रिय सदस्य मिनेन्द्र रिजालले सरकार बेसार र तातो पानिको कुरामा अल्झिएको बताउदै विकास र समृद्धीबाट विमुख हुनपुगेको दावी गरे। 

    कार्यक्रममा अर्का केन्द्रिय सदस्य गगन थापाले कोरोनाको महामारीबाट बच्न गर्नुपर्ने तयारीमा सरकार चुकेको बताउनु आरोप लगाए। सरकार अनियमितता र भ्रष्टाचारमा लिप्त हुदा कोरोना नियन्त्रणमा उल्लेख्य भुमिका निर्वाह गर्न नसकेको बताए। 

    पार्टी प्रवेश गरेका पर्वतारोही मिङमा शेर्पाले कांग्रेसले मात्रै लोकतन्त्रको संरक्षण र देश विकास गर्नेमा आफु विश्वस्त रहेको बताए। 

    कार्यक्रममा कांग्रेसका केन्द्रिय सदस्य दिपक गिरी, पूर्वराज्यमन्त्रीहरु दिपक खड्का, तारामान गुरुङ, पूर्व सांसदहरु टंक राइ, पासाङ शेर्पा, बिना पौडेल लगायतका नेताहरुले पार्टी प्रवेश गर्ने कार्यकर्ताहरुलाई स्वागत गर्दै शुभकामना दिएका थिए। 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार