बिहीबार , साउन २१ गते २०८३

म्यानचेस्टरको जितमा मार्सियलको ह्याट्रिक

म्यानचेस्टरको जितमा मार्सियलको ह्याट्रिक

लिभरपुल उपाधि नजिक

images
अखबार दैनिक
बिहीबार , असार ११ २०७७
  • म्यानचेस्टरको जितमा मार्सियलको ह्याट्रिक

    इंग्लिस प्रिमियर लिगमा लिभरपुल उपाधि नजिक पुगेको छ। लिभरपुलले बुधबार राति भएको खेलमा क्रिस्टल प्यालेसलाई ४-० गोलले हरायो।

    लिभरपुलको जितमा अलेक्जेन्डर ओर्नाल्डले २३ मिनेटमा पहिलो गोल गरे। मोहमद सलाहले ४४ मिनेटमा अग्रता दोब्बर पार्दा फाबिन्होले ५५ मिनेटमा तेस्रो गोल गरे। साडियो मानेले ६९ मिनेटमा गोल गरेपछि लिभरपुल फराकिलो जिततर्फ अघि बढ्यो।

    जितसँगै लिभरपुल उपाधि जित्नबाट २ अंक टाढा छ। बिहीबार दोस्रो स्थानको म्यानचेस्टर सिटीले चेल्सीसँग खेल्दैछ। यो खेलमा सिटीले अंक गुमाएको अवस्थामा लिभरपुल मैदान नै नउत्री च्याम्पियन बन्नेछ। सिटीले जित निकालेमा भने लिभरपुलको उपाधि जित्न अझै कुर्नु पर्नेछ। लिभरपुलले आगामी खेलमा म्यानचेस्टर सिटीसँग खेल्नेछ।

    शीर्ष स्थानको लिभरपुलको ३१ खेलबाट ८६ अंक छ भने एक खेल कम खेलेको दोस्रो स्थानको सिटीको ६३ अंक छ।

    यता म्यानचेस्टर युनाइटेडले सेफिल्ड युनाइटेडलाई ३-० गोलले पराजित गरेको छ। उसका लागि मार्सियलले ह्याट्रिक गरे। उनले खेलको सातौं, ४४ र ७४ मिनेटमा गोल गरेका थिए। लिगको पाँचौ स्थानमा रहेको म्यानचेस्टरको ३१ खेलबाट ५५ अंक छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार