आज बजार २६.४९ अंकले बढेर २७२२.७३ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार बढेसंगै बिहिबार कारोबार रकम पनि बढेको छ । बुधबार ७ अर्ब २६ करोडको कारोबार भएको बजारमा बिहिबार १० अर्ब ७९ करोडको कारोबार भएको छ । बिहिबार १८७ कम्पनीको सेयर मुल्य बढेको छ भने ५९ कम्पनीको सेयर मुल्य घटेको छ ।