बिहीबार , साउन २१ गते २०८३

कांग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशन कार्यतालिका परिमार्जनबारे छलफल हुने

कांग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशन कार्यतालिका परिमार्जनबारे छलफल हुने

अखबार दैनिक
आइतबार, असार १४ २०७७
  • कांग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशन कार्यतालिका परिमार्जनबारे छलफल हुने

    १४ असार, काठमाण्डौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ।

    महाधिवेशन कार्यतालिका, कोरोनाभाइरस संक्रमण रोकथाम तथा न्यूनिकरणलगायतका एजेन्डामा छलफल गर्न दिउँसो २ बजे पदाधिकारी बैठक डाकिएको कांग्रेसले जनाएको छ।

    पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवेशनलगायत विषयमा पदाधिकारी बैठकमा छलफल हुने सेतोपाटीलाई बताए। कांग्रेसले फागुन ७ देखि १० सम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्ने घोषणा गरिसकेको छ।

    कोरोनाभाइरस महामारीले क्रियाशील सदस्यता वितरण र नवीकरणका काम अवरूद्ध छन्। कांग्रेसले गत फागुन २१ गतेदेखि पार्टीका सबै कार्यक्रम रोकेको थियो।

    गत पुस ११ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको मिति र कार्यतालिका सार्वजनिक गरेको थियो। जसअनुसार असारसम्म क्रियाशील सदस्यता नवीकरण र वितरणका सबै काम सकिनु पर्ने थियो। तर कोरोना महामारीले ती कामहरू सुरू भएका छैनन्।

    यतिमात्र होइन संघीय संरचनाअनुसार कांग्रेसले पार्टीका आठ तहमा समायोजनका काम सकेको छैन। अधिकांश जिल्लामा समायोजनका काम बाँकी छन्।

    ‘पार्टी महाधिवेशन कार्यतालिका, कोरोनालगायत समग्र विषयमा पदाधिकारी बैठकले छलफल गर्छ,’ प्रवक्ता शर्माले भने। पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले शनिबार आयोजित प्रदेश ५ का नेता/कार्यकर्तासँगको छलफलमा अब कार्यतालिका परिमार्जन गरि महाधिवेशनका काम सुरू गर्नुपर्ने बताएका थिए।

    सभापति शेरबहादुर देउवा निवासमा केही दिनअघि भएको पदाधिकारी बैठकमा पनि वरिष्ठ नेता पौडेलले महाधिवेशन तोकिएकै समयमा गर्न कार्यतालिका छिटो परिमार्जन गरी महाधिवेशनका काम सुरू गर्नुपर्ने धारणा राखेका थिए।

    सभापति देउवाले आफ्नो नियमित चार वर्षे कार्यकाल सकेर विधानमा व्यवस्था भएअनुसार एक वर्ष कार्यकाल थप गरेका थिए।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार