सुशान्त केसीको ‘बार्दली’ गीत अब हिन्दी भाषामा आउने भएको छ । भारतको चर्चित संगीत उत्पादन कम्पनी टि सिरिजले गीतको हिन्दी संस्करण ‘उफ्’ रिलिज गर्ने भएको हो ।
यो गीतको हिन्दी भर्सनको टिजर सार्वजनिक गर्दै टि सिरिजले यो गीत अप्रिल २८ अर्थात आगामी सोमबार रिलिज हुने जनाएको छ । टिजरमा सुशान्त केसी र स्वस्तिमा खड्कालाई फिचर्ड गरिएको छ ।