‘वर्षा र सहकाल’का देवता रातो मत्स्येन्द्रनाथको रथारोहण गराइएको छ । आज शुभ साईतमा मत्स्येन्द्रनाथलाई रथमा विराजमान गराइएको हो । काठमाडौं उपत्यकाको सबैभन्दा लामो रथजात्राका रुपमा रहेको मत्स्येन्द्रनाथको रथारोहण वैशाख शुक्ल प्रतिपदाका दिन गरिन्छ । यो जात्रा लिच्छवीकालदेखि निरन्तर चल्दै आएको छ ।
