बिहीबार , साउन २१ गते २०८३

‘महाराजधिराज’मा आर्यन सिग्देल

‘महाराजधिराज’मा आर्यन सिग्देल

अखबार दैनिक
आइतबार, वैशाख २१ २०८२
  • ‘महाराजधिराज’मा आर्यन सिग्देल

    फिल्म ‘महाराजधिराज’मा कलाकारहरुको लाइनअप बलियो बन्दै गएको छ। यस फिल्ममा अभिनेता आर्यल सिग्देल अनुबन्धित भएका छन्।परिच्छेद सेनको निर्देशनमा बन्ने यस फिल्ममा यसअघि रमेश उप्रेती र पल शाह अनुबन्ध भएका थिए। मुख्य मध्येको एक भूमिकामा आर्यन अनुबन्ध भएको निर्माणपक्षले जनाएको छ।

    ‘महाराजधिराज’को पोस्टर यसअघि नै रिलिज भइसकेको छ। यस चलचित्रमा आर्यन कुन भूमिकामा प्रस्तुत हुने हुन् भन्ने विषयले अहिले दर्शकमाझ थप जिज्ञासा थपेको छ।

    आर्यनले ‘महाराजधिराज’मा अनुबन्ध हुन पाएकोमा खुशी व्यक्त गर्दै आफ्ना लागि फरक चरित्र र दर्शकका लागि नयाँ हुने बताए। यो चलचित्रमा जय किशन बस्नेत पनि एक महत्वपूर्ण भूमिकामा देखिने पक्का भइसकेको छ।

    ‘महाराजधिराज’मा निर्देशक सेन स्वयंको लेखन रहेको छ। उनले यसअघि निर्देशन गरेको सिनेमा ‘प्रेमगञ्ज’ समीक्षात्मक रुपमा अब्बल ठहरिएको थियो।

    फूलपातीमा प्रदर्शन हुने ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज बिष्ट हुन्। उनले यसअघि ‘बुलाकी’ निर्माण गरेका थिए, जसले राष्ट्रिय अवार्ड समेत जितेको थियो। सिनेमाको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन्।

    निर्माण पक्षका अनुसार चलचित्रका सबै कलाकारहरूको नाम अझै पूर्ण रूपमा सार्वजनिक भइसकेको छैन। केही महत्वपूर्ण कलाकारहरूको घोषणा बाँकी रहेको जनाइएको छ, जसले चलचित्रको लाइनअपलाई झनै रोचक बनाएको छ। रासस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार