आइतबार, वैशाख २२ गते २०८२

प्रधानमन्त्रीबाट राज्यमन्त्री गर्बुजाले लिए शपथ

प्रधानमन्त्रीबाट राज्यमन्त्री गर्बुजाले लिए शपथ

अखबार दैनिक
आइतबार, वैशाख २२ २०८२
  • प्रधानमन्त्रीबाट राज्यमन्त्री गर्बुजाले लिए शपथ

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजालाई आज पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् । 

    images

    प्रधानमन्त्री निवास, बालुवाटरमा आयोजित कार्यक्रममा राज्यमन्त्री गर्बुजाले पद तथा गोपनीयताको शपथ लिएका हुन् । कार्यक्रममा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मन्त्रीहरु, नेपाल सरकारका उच्चाधिकारीलगायत उपस्थित थिए । 

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिमा यही वैशाख १७ गते गर्बुजालाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ