बिहीबार , साउन २१ गते २०८३

कांग्रेसको महाधिवेशन निर्धारित समयमै, केन्द्रीय कार्यसमिति बैठक सम्पन्न

कांग्रेसको महाधिवेशन निर्धारित समयमै, केन्द्रीय कार्यसमिति बैठक सम्पन्न

अखबार दैनिक
मंगलबार, असार २३ २०७७
  • कांग्रेसको महाधिवेशन निर्धारित समयमै, केन्द्रीय कार्यसमिति बैठक सम्पन्न

    २३ असार, काठमाण्डौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशन फागुनमा गर्ने निर्णय गरेको छ।

    कोरोनाभाइरस महामारीले क्रियाशील सदस्यता वितरण, नविकरणलगायतका काम तीन महिनादेखि रोकिए पनि फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय केन्द्रीय कार्यसमितिले गरेको हो।

    सोमबार साँझ सकिएको केन्द्रीय समिति बैठकले महाधिवेशन फागुनमै गर्ने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले सेतोपाटीलाई जानकारी दिए। प्रदेशलगायत तल्ला निकायका अधिवेशन कार्यतालिकामा भने हेरफेर गरिएको छ।

    कात्तिकदेखि सुरू गर्ने तय भएको वडा अधिवेशन दुई महिना पछाडि धकलेर पुसमा पुर्‍याइएको छ। पुस ६ गतेदेखि वडा अधिवेशन सुरू हुनेछन्।

    कांग्रेसले कोरोना महामारीकै बीच अब बाँकी रहेका करिब ३० जिल्लामा समायोजनका काम, क्रियाशील सदस्यता वितरण तथा नविकरणका काम सुरू गर्न लागेको हो।

    सभापति शेरबहादुर देउवाको नियमित चार वर्षे कार्यकाल गत फागुनमै सकिएको थियो। विधानकै व्यवस्थाअनुसार सभापति देउवाले एक वर्ष कार्यकाल थपेका थिए। 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार