आइतबार, वैशाख २२ गते २०८२

प्रधानमन्त्री पत्नी भन्छिन्: केपी सरको ज्ञानसामु मेरा दुई वटा डिग्री केही होइन

प्रधानमन्त्री पत्नी भन्छिन्: केपी सरको ज्ञानसामु मेरा दुई वटा डिग्री केही होइन

अखबार दैनिक
आइतबार, वैशाख २२ २०८२
  • प्रधानमन्त्री पत्नी भन्छिन्: केपी सरको ज्ञानसामु मेरा दुई वटा डिग्री केही होइन

    प्रधानमन्त्री केपी ओलीलाई गिज्याउने र गाली गर्ने प्रवृत्तिलाई लिएर पत्नी राधिका शाक्यले सार्वजनिक असन्तुष्टि प्रकट गरेकी छन् । आफूहरूले केही गलत काम नगरेकाले गालीगलौजले केही असर नगर्ने उनले बताइन् ।

    images

    शनिबार काभ्रेको धुलिखेलमा आफ्नो आत्मकथा ‘करुणा’ को विषयमा आयोजित एक विमर्श कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । केपी ओलीलाई गिज्याउन र गाली गर्न पाएँ भनेर खुशी हुनेहरुको आफ्नै भविष्य अन्धकार हुने उनले चेतावनी दिइन् ।

    शाक्यले भनिन्, ‘जोजो मान्छेहरूले आज केपी ओलीलाई गिज्याउन पाएँ, केपी ओलीलाई गाली गर्न पाएँ भनेर खुशी भइराख्नुभएको छ, आखिरमा उहाँहरूकै भविष्य अन्धकार हुन्छ र उहाँहरूले आफ्नो खुट्टामा बन्चरो आफैँले हान्दै हुनुहुन्छ भन्ने मेरो विश्लेषण छ ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ