बैशाख २३ काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले भारत र पाकिस्तानबीच पहलगाममा भएको आतंकवादी हमलापछि तनावग्रस्त सम्बन्ध रहेको बेलामा नेपाल सरकारले पाकिस्तानबाट ११ जना पाकिस्तानी आर्मीहरुको डेलिगेशन बोलाएको विषयमा प्रश्न उठाएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘अहिले भारत र पाकिस्तानबीच तनावग्रस्त सम्बन्ध छ, कुनैपनि बेला युद्ध हुनसक्छ, त्यस्तो बेलामा नेपाल सरकारले यही ४ मे मा ११ जना पाकिस्तानी आर्मीहरुको डेलिगेशन बोलाएको छ, ती पाकिस्तानी आर्मीहरुको डेलिगेशन कतार एयरवेजको फ्लाईट नम्बर ६४६ मा आएका छन्, के हामी कसैसँग पक्ष लिन मिल्छ ? के हो मेसेजिङ टाईमिङ मिल्छ ? पहलगाममा नेपाली युवाको पनि हत्या भएको छ ।’