मंगलबार, वैशाख २४ गते २०८२

नेपाल गरिब हुनको कारण असन्तुलित पराराष्ट्र नीति हो : सांसद सिंह

नेपाल गरिब हुनको कारण असन्तुलित पराराष्ट्र नीति हो : सांसद सिंह

अखबार दैनिक
मंगलबार, वैशाख २४ २०८२
  • नेपाल गरिब हुनको कारण असन्तुलित पराराष्ट्र नीति हो : सांसद सिंह

    काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले नेपाल गरिबी र पछौटेपनको कारण असन्तुलित पराराष्ट्र नीति नै भएको बताएका छन् ।

    images

    मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले असन्तुलित पराष्ट्रनीतिले नेपाललाई कहाँ पुर्याउँछ, नेपाली जनतालाई कहाँ पुर्याउँछ भन्दै प्रश्न गरेका हुन् ।

    उनले भने, ‘हाम्रो असन्तुलित पराष्ट्रनीतिले नेपाललाई कहाँ पुर्याउँछ, नेपाली जनतालाई कहाँ पुर्याउला ? आज नेपाल गरिबी र पछौटेपनको कारण एउटा हाम्रो  असन्तुलित पराराष्ट्र नीति हो ।’

    साथै, उनले अहिले भारत र पाकिस्तान बीच तनाव भएकाले एक देशको मात्र पक्ष लिन नहुने बताए । उनले जना पाकिस्तानी आर्मीको डेलिगेसन बोलाएकोले नेपाल सरकारले के सन्देश दिन खोजेको हो भन्दै प्रश्न गरे ।

    उनले भने, ‘अहिले भारत र पाकिस्तानको बीचमा तनाव छ । कुनै बेला पनि युद्ध हुन सक्छ । त्यस्तो बेलामा नेपाल सरकारले ११ जना पाकिस्तानी आर्मीको डेलिगेसन बोलाएको छ । नेपाल सरकारले के  सन्देश दिन खोजेको हो ? त्यो पाकिस्तानी आर्मीको डेलीगेसन कतार एयरवेजको फ्लाइट नम्बर ६४६ बाट आएको छ । यसरी हामीले युद्ध हुने समय कसै एकको पक्ष लिन मिल्छ ?’ 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार