मंगलबार, वैशाख २४ गते २०८२

एमाले धनुषा अधिवेशनमा झडप हुँदा ५ जना घाइते

एमाले धनुषा अधिवेशनमा झडप हुँदा ५ जना घाइते

अखबार दैनिक
मंगलबार, वैशाख २४ २०८२
  • एमाले धनुषा अधिवेशनमा झडप हुँदा ५ जना घाइते

    नेकपा एमालेको धनुषाको ८औं जिल्ला अधिवेशन स्थलमा दुई पक्षबीच झडप भएको छ । झडपमा दुई नेतासहित पाँच जना घाइते भएका छन् । घाइते हुनेमा एमालेका भोला यादव पक्षका सत्यनारायण महासेठ र महेश दास रहेका छन् । उनीहरू दुवै जनाको टाउको फुटेको छ । निवर्तमान जिल्ला अध्यक्ष राजकिशोर यादव समेत कुटिएका छन् । 

    images

    अधिवेशनमा अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर भोला यादव र लक्ष्मीनारायण यादव पक्षबीच विवाद हुँदा कुर्सी हानाहान भएको छ । निर्वाचन समितिमाथि केही नेताकार्यकर्ताले कुर्सी प्रहार गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार