बुधबार, वैशाख २५ गते २०८२

पाकिस्तानमाथि भारतीय हमला खेदजनक: चीन

पाकिस्तानमाथि भारतीय हमला खेदजनक: चीन

अखबार दैनिक
बुधबार, वैशाख २५ २०८२
  • पाकिस्तानमाथि भारतीय हमला खेदजनक: चीन

    भारतीय सेनाले पाकिस्तानविरुद्ध सुरु गरेको ‘अपरेशन सिन्दूर’ लाई चीनले खेदजनक भनेको छ । आज (बुधबार) चीनको विदेश मन्त्रालयले पाकिस्तानविरुद्ध भारतले चलाएको सैन्य कारबाहीलाई ‘खेदजनक’ भनेको हो।

    images

    पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न क्षेत्रहरूमा हवाई हमला गरेपछि विश्वका विभिन्न देशहरूबाट प्रतिक्रिया आइरहेका छन् ।

    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले के भने ?
    चीनले भारतको आज बिहानको सैन्य कारबाहीलाई खेदजनक मानेको छ। चीन हालको परिस्थितिप्रति चिन्तित छ। भारत र पाकिस्तान एक-अर्काका छिमेकी हुन् र सधैं रहिरहनेछन्।

    ती दुवै चीनका पनि छिमेकी मुलुकहरू हुन्। चीन सबै प्रकारका आतंकवादको विरोध गर्छ। हामी दुवै पक्षलाई शान्ति र स्थायित्वको बृहत्तर हितका लागि सोच्न, शान्त रहन, संयमता अपनाउन र परिस्थितिलाई अझ जटिल बनाउने कुनै पनि कदम चाल्नबाट जोगिन आग्रह गर्छौं।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ