आइतबार, भदौ १४ गते २०८३

रोनाल्डोका छोरा पोर्चुगल यू-१५ टोलीमा समावेश

रोनाल्डोका छोरा पोर्चुगल यू-१५ टोलीमा समावेश

अखबार दैनिक
बुधबार, वैशाख २४ २०८२
  • रोनाल्डोका छोरा पोर्चुगल यू-१५ टोलीमा समावेश

    एजेन्सी । फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोका जेठा छोरा १४ वर्षीय क्रिस्टियानो रोनाल्डो जूनियर, पहिलोपटक पोर्चुगलको यू-१५ राष्ट्रिय टोलीमा समावेश भएका छन्।

    हाल रोनाल्डो जूनियर साउदी अरेबियाको अल-नासर क्लबको युथ टिममा प्रशिक्षणरत छन्। उनका बुबा क्रिस्टियानो रोनाल्डो पनि सिनियर टिमबाट खेलिरहेका छन्। सन् २०२२ को डिसेम्बरमा रोनाल्डो सीनियरले अल-नासरसँग सम्झौता गरेका थिए। रोनाल्डो सीनियरले सामाजिक सञ्जालमार्फत छोराको नाम समावेश भएको टोली सूची सार्वजनिक गर्दै लेखेका छन् –‘‘Proud of you, son’’।

    रनाल्डो जूनियरलाई मे १३ देखि १८ सम्म क्रोएसियामा आयोजना हुने यूथ टुर्नामेन्टका लागि टोलीमा बोलाइएको हो। उक्त प्रतियोगितामा पोर्चुगलले जापान, ग्रिस र इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

    रोनाल्डो जूनियर यसअघि म्यानचेस्टर युनाइटेड, युभेन्टस र रियल मड्रिडका युथ टिममा समेत आबद्ध भइसकेका छन्। बुबाको बाटो पछ्याउँदै उनी पनि फुटबलमै भविष्य खोजिरहेका छन्। पाँचपटक बालन डी’ ओर जितेका रोनाल्डो सीनियर अझै पोर्चुगलको मुख्य राष्ट्रिय टोलीमा सक्रिय छन् र अहिलेसम्म १३६ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन्। जुन पुरुष फुटबलमा अहिलेसम्मकै उच्च कीर्तिमान हो।

    गत मार्चमा उनले डेनमार्कविरुद्धको युरो क्वालिफायर खेलमा एक गोल गरेका थिए। यद्यपि एक पेनाल्टी मिस गरेका थिए। त्यही खेलमा पोर्चुगलले नाटकीय जित दिंदै सेमिफाइनलमा स्थान पक्का गरेको थियो। 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ