बिहीबार , साउन २१ गते २०८३

आज कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १६ हजार ४२३ पुग्यो

आज कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १६ हजार ४२३ पुग्यो

अखबार दैनिक
बुधबार, असार २४ २०७७
  • आज कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या  १६ हजार ४२३ पुग्यो

    २४ असार, काठमाण्डौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या  १६ हजार ४२३ पुगेको छ। 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २५५ जनाको रिपोर्ट पोजिटिभ आएको छ।  मंगलबार २०४ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो भने सोमबार १८० जनाको रिपोर्ट पोजिटिभ आएको थियो। 

    पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट चार हजार ६ सय ९६ जनाको नमुना परीक्षण गरिएको छ। अहिलेसम्म २५ हजार ४० जना क्वारेन्टाइनमा छन्।  

    आठ हजार ६ सय ३२ जनाको आइसोलेसनमा उपचार भइराखेको छ। पछिल्लो २४ घण्टामा २५३ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको कुल संख्या सात हजार सात सय ५२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार