काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा तोलामा १४ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार तोलाको एक लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा ५ रुपैयाँले बढेर १९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।