शुक्रबार, साउन २२ गते २०८३

राप्ती सोनारीका गाउँटोलमा पशु स्वास्थ्य शिविर

राप्ती सोनारीका गाउँटोलमा पशु स्वास्थ्य शिविर

आइतबार, वैशाख २८ २०८२
  • राप्ती सोनारीका गाउँटोलमा पशु स्वास्थ्य शिविर

    वैशाख २८ बाँके । राप्ती सोनारी गाउँपालिकाले पशु स्वास्थ्योपचारका लागि वडास्तरमा निःशुल्क शिविर सञ्चालन गरेको छ ।किसानलाई सुविधाका लागि वडास्तरमै पशुस्वास्थ्य शिविर सञ्चालन गरिएको राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारुले बताउनुभयो । वडा नं ६ फत्तेपुरको विभिन्न आठ टोलमा हाल निःशुल्क शिविर सञ्चालन भएका छन् ।

    उहाँले राप्ती सोनारी गाउँपालिकाले कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखी बजेट व्यवस्थापन गर्दै आएको उल्लेख गर्दै आगामी आर्थिक वर्षमा पनि पशु शिविर कार्यक्रमको लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    पशु स्वास्थ्य शिविरमा वडामा रहेका सबै किसिमका पशुको स्वाथ्योपचार गरिएको छ । गाउँपालिकाले विनियोजन गरेको रु पाँच लाख बजेटबाट वडामा निःशुल्क पशु शिविर सञ्चालन गरिएको राप्ती सोनारी–६ का वडाध्यक्ष लबराज खरेलले जानकारी दिनुभयो । उहाँका अनुसार रु पाँच लाखमध्ये यसअघि रु एक लाखको बर्सिम घाँसको बीउ वितरण गरिएको र बाँकी बजेटबाट वडामा रहेका २३ वटै टोललाई समेट्नेगरी शिविर सञ्चालन गरिएको हो । यो शिविर पशु प्रवद्र्धन गर्ने उद्देश्यले राप्ती सोनारी–६ को आठ स्थानमा सञ्चालन गरिने छ ।

    शिविरमा जोरैया र मोहनपुर टोलका १५१ घरधुरीले आफ्ना पशुको स्वाथ्य परीक्षण गराएको राप्ती सोनारी गाउँपालिका पशु शाखाका प्रमुख जयबहादुर कार्कीले जानकारी दिनुभयो ।शिविरमा स्थानीयले गाईभैँसी, भेडा, बाख्रा, कुखुरा, हाँस, कुकुर, बिरालोलगायत पशुको स्वाथ्य जाँचगरी औषधि निःशुल्क वितरण गरिएको थियो ।

    शिविरमा गाउँपालिकाको पशु प्राविधिक र वडाका पशु प्राविधिकलगायत पशु शाखाका कर्मचारीहरु खटिनुभएको थियो । पशुमा आन्तरिक र बाह्य परजीवी पत्ता लगाएर भिटामिन, मिनरल र जुकाको औषधि निःशुल्क वितरण गरिएको गाउँपालिका शाखा प्रमुख कार्कीले बताउनुभयो । रासस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार