शुक्रबार, साउन २२ गते २०८३

ढुंगाको मूर्ति बेचेर जीविका चलाउँदै ७३ वर्षीय रामसिंह विष्ट

ढुंगाको मूर्ति बेचेर जीविका चलाउँदै ७३ वर्षीय रामसिंह विष्ट

आइतबार, वैशाख २८ २०८२
  • ढुंगाको मूर्ति बेचेर जीविका चलाउँदै ७३ वर्षीय रामसिंह विष्ट

    वैशाख २८ कञ्चनपुर । काम गर्न उमेरले छेक्दो रहेन छ । काम गर्ने दृढ इच्छाशक्ति भए जस्तोसुकै काम गर्न सकिँदो रहेछ भन्ने उदाहरण शुक्लाफाँटा नगरपालिका–८ नौखरीका ७३ वर्षीय रामसिंह विष्टले सिद्ध गरिदिएका छन् ।

    उनले चुरे क्षेत्रका खोलाबाट ढुंगा सङ्कलन गरी मूर्ति निर्माण गर्दै आएका छन् । ढुंगाबाट बनाइएका मूर्ति बिक्री गरी उनको घरखर्च चल्ने गरेको छ । अन्य व्यक्तिले ढुंगाबाट बनाइएका मूर्ति हेर्दाहेर्दै बनाउन सिकेको विष्टले बताए ।

    ढुंगाबाट बाघ, भगवती, गाई, शिव, गणेश, शिवलिङ्ग, नन्दीलगायतका मूर्ति उनले बनाउँदै आएका छन् । एक दशकको अवधिमा एक सय ५० बढी मूर्ति निर्माण गरिसकेको उनी बताउँछन् । एक मूर्ति निर्माण गर्न एकदेखि तीन महिनासम्म लाग्ने गरेको छ ।

    ‘मूर्ति बनाउने माग आए आफैँ गोरुगाडा लगेर चुरे फेदीका खोलामा पुग्छु’,  ७३ वर्षीय रामसिंह विष्टले भने, ‘मूर्ति बन्न सक्ने ढुंगा खोजेर घरमा ल्याउने गर्छु, त्यसपछि फलामको औजारले खोपेर मूर्ति तयार गर्छु।’
    मूर्ति बनाएबापत प्रतिमूर्ति रु ३० देखि रु ५० हजारसम्म पारिश्रमिकका रूपमा विष्टले लिने गर्छन्। ‘मूर्ति बनाउने माग आए आफैँ गोरुगाडा लगेर चुरे फेदीका खोलामा पुग्छु’, उनले भने, ‘मूर्ति बन्न सक्ने ढुंगा खोजेर घरमा ल्याउने गर्छु, त्यसपछि फलामको औजारले खोपेर मूर्ति तयार गर्छु।’

    मूर्ति बनाएबापत आउने रकमले घरपरिवारको खर्चसँगै लुगाफाटो, अन्न खरिद गरिँदै आएको उनको भनाइ छ । तन्नेरीहरूको जस्तै विष्ट बिहानीदेखि साँझसम्म मूर्ति बनाउनमा खटिएका हुन्छन् ।

    दुई–तीन महिनामा मूर्ति बनाउने माग आउने गरेकाले घर खर्चमै पारिश्रमिकबापत पाइने रकम सिद्धिने गरेको उनी बताउँछन् । ‘तराईमा भन्दा पहाडी क्षेत्रका मन्दिरमा सजाउनका लागि मूर्तिको बढी माग आउने गरेको छ’, उनले भने, ‘काम नगरे भोकै बस्नुपर्छ, त्यहीँ भएर सीप सिक्दा जीविका चलाउन सहज भएको छ।’
    रासस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार