काठमाडौं । अभिनेत्री विपना थापाका भारतीय श्रीमान् आशुतोष भारद्वाजले आफ्नो फेसबुक पोस्टहरूप्रति माफी मागेका छन् । केही दिनअघि उनको फेसबुकबाट पत्नी विपना थापाविरुद्ध घृणित शब्दसहितको स्टाटस पोस्ट भएको थियो ।
आशुतोषले आफ्नो फेसबुक अकाउन्ट ह्याक भएको दाबी समेत गरेका छन् । उनले हिजो लेखेका छन्- ‘मेरी आइडी अभि भी हैक हे ।’ आज अर्को पोस्टमा उनले क्षमा याचना गरेका छन् । ‘मेरी आइडी पर आई पोस्ट के लिए सभी से क्षमा माँगता हुँ,’ आशुतोषले भनेका छन् ।
श्रीमानको फेसबुकमा आफूविरुद्ध पोस्ट आएपछि विपना थापा नयाँ दिल्ली हान्निएकी थिइन् । जानुअघि उनले फेसबुक लाइभमा आएर श्रीमानलाई डिप्रेसन भएको र उनी खराब मान्छे नभएको बताएकी थिइन् ।
निकट स्रोतका अनुसार विपना दिल्ली गएपश्चात् श्रीमान्-श्रीमतीबीच तात्कालिक समझदारी कायम भएको छ ।