मंगलबार, जेठ १ गते २०८२

‘कोशी र रोशी खोलाको बाढीको क्षतिबारे सरकारले केही गरेन’

‘कोशी र रोशी खोलाको बाढीको क्षतिबारे सरकारले केही गरेन’

अखबार दैनिक
मंगलबार, जेठ १ २०८२
  • ‘कोशी र रोशी खोलाको बाढीको क्षतिबारे सरकारले केही गरेन’

    वैशाख ३० काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसदद्वय सूर्यमान दोङ र लेखनाथ दाहालले असोज ११ र १२ गते अविरल वर्षाले पुर्‍याएको क्षतिको पुनर्निर्माणमा संघीय सरकारले ध्यान नदिएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै काभ्रे र सिन्धुलीबाट प्रतिनिधित्व गर्ने सांसदद्वय दोङ र दाहालले बाढीको क्षति पीडित जनतालाई राहत दिन माग गरे । 

    images

    विपत् व्यवस्थापन कोषमा ७ अर्ब पैसा भए पनि सरकारले त्यो पैसा बाढी पहिरो पीडित कोशी र रोसी खोला किनारमा भएका जनताका लागि खर्च नगरेको सांसद दाहालले बताए । 

    सांसद दोङले जनताको पिडामा मलहम लगाउने काम गर्न सरकारलाई आग्रह गरे । उनले सरकारलाई बाढीबारे जानकारी नभएको हो कि जानकारी भएर पनि जनताको पिडामा मलहम लगाउन नचाहेको हो भन्ने प्रश्न पनि गरे ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ