मंगलबार, जेठ १ गते २०८२

भारतको पञ्जाबमा विषालु रक्सी खाँदा १४ जनाको मृत्यु, चार व्यापारी पक्राउ

भारतको पञ्जाबमा विषालु रक्सी खाँदा १४ जनाको मृत्यु, चार व्यापारी पक्राउ

अखबार दैनिक
मंगलबार, जेठ १ २०८२
  • भारतको पञ्जाबमा विषालु रक्सी खाँदा १४ जनाको मृत्यु, चार व्यापारी पक्राउ

    एजेन्सी । भारतको पञ्जाबमा विषालु रक्सी खाँदा १४ जनाको मृत्यु भएको छ । पञ्जाबको अमृतसर जिल्लामा भउको यो घटनामा अरु ६ जना गभ्मीर बिरामी परेपछि उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

    images

    अमृतसरका एसएसपी मनिन्दर सिंहले पत्रकारहरूसँग कुरा गर्दै भने, हामीलाई हिजो राति करिब ९ः३० बजे खबर प्राप्त भयो कि केही व्यक्तिहरूको ज्यान नक्कली रक्सी सेवनका कारण गइरहेको छ । खबर पाएलगत्तै हामीले तत्काल कारबाही थाल्यौँ र मुख्य आपूर्तिकर्ता परबजीत सिंहसहित चार जनालाई हिरासतमा लिएका छौँ ।

    उनका अनुसार यो घटना पाँचवटा गाउँमा भएको हो । गाउँमा अरु पनि बिरामी परेका हुनसक्ने भन्दै स्वास्थ्यकर्मीहरूको टोली खटाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ