बुधबार, जेठ २ गते २०८२

मोडल कुसुम शर्माले गरिन् इन्गेजमेन्ट

मोडल कुसुम शर्माले गरिन् इन्गेजमेन्ट

अखबार दैनिक
बुधबार, जेठ २ २०८२
  • मोडल कुसुम शर्माले गरिन् इन्गेजमेन्ट

    वैशाख ३१ काठमाडौं । २ वर्षअघि रिलिज भएको प्रकाश सपुतको चर्चित म्युजिक भिडियो ‘सकम्बरी’बाट चर्चामा आएकी मोडल कुसुम शर्माले प्रेमीसँग इन्गेजमेन्ट गरेकी छन् ।

    images

    प्रेमी विश्व अधिकारीसँग मंगलबार उनले टीकाटालो गरेकी हुन् । यी दुईजना केही समयदेखि प्रेम सम्बन्धमा थिए । कुसुम आफैले टिकटकबाट इन्गेजमेन्टको भिडियो सेयर गर्दै जानकारी दिएकी छन् ।

    उनलाई प्रशंसकले बधाइ दिइरहेका छन् । केही महिनाअघि युट्युब अन्तर्वार्तामा कुसुले आफू र विश्वबीच गम्भीर प्रेम रहेको र चाँडै विवाह गर्न लागेको बताएकी थिइन् । कुसुमले मिलन चाम्स निर्देशित फिल्म ‘वर एण्ड वधु’बाट फिल्ममा डेब्यु गरेकी थिइन् । सकम्बरीपछि उनले दर्जनौं म्युजिक भिडियोमा पनि अभिनय गरेकी छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ