बिहीबार , जेठ ३ गते २०८२

मेक्सिकोमा सडक दुर्घटना, २१ जनाको मृत्यु

मेक्सिकोमा सडक दुर्घटना, २१ जनाको मृत्यु

अखबार दैनिक
बिहीबार , जेठ ३ २०८२
  • मेक्सिकोमा सडक दुर्घटना, २१ जनाको मृत्यु

    मध्य मेक्सिकोमा सडक दुर्घटना हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीले बताएअनुसार पुएब्ला राज्यमा कुआनोपालान र अुहाकुबिच रहेको राजमार्गमा बुधवार बिहान तीन वटा सवारी साधन एक आपसमा ठोक्किएका थिए ।

    images

    १८ जनाले घटनास्थलमै ज्यान गुमाएको र बाँकीको अस्पतालमा मृत्यु भएको भनिएको छ । दुर्घटनामा अन्य कयौँ घाइते भएको र उनीहरूको उपचार भइरहेको बताइएको छ ।

    स्थानीय सञ्चार माध्यमका अनुसार ट्याङ्कर, बस र भ्यान जुधेका थिए । सिमेन्ट बोकेको ट्रकले भ्यानलाई ओभरटेक गर्न खोज्दा यो दुर्घटना भएको बताइएको छ । हालैका वर्षमा मेक्सिकोका सडकमा भयानक दुर्घटना बढेका छन् । फेब्रुअरीमा दक्षिण मेक्सिकोको ताबास्कोमा बस पल्टिँदा दर्जनौँ मान्छेको मृत्यु भएको थियो । एजेन्सी

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ