बिहीबार , साउन २१ गते २०८३

साउन १ देखि नै क्लिनफिड लागू गर्न माग

साउन १ देखि नै क्लिनफिड लागू गर्न माग

अखबार दैनिक
सोमबार, असार २९ २०७७
  • साउन १ देखि नै क्लिनफिड लागू गर्न माग

    २९ असार, काठमाडौं ।  नेपाल मिडिया सोसाइटीले आगामी आर्थिक वर्षको सुरुबाट नै क्लिन फिड लागू गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

    आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा अर्थमन्त्री डा. युवराज खतिवडालाई संयुक्त ज्ञापनपत्र बुझाउँदै नेपाल मिडिया सोसाइटी, सामुदायिक रेडियो प्रशारक संघ (अक्युराव), ब्रोडकाष्टिङ एशोशिएसन अफ नेपाल (बान), र नेपाल विज्ञापन संघका प्रतिनिधिले आगामी कात्तिक ८ देखि लागू गर्ने भनेको क्लिनफिड नीति तत्काल लागू गर्न माग गरेका हुन् ।

    ‘…आगामी कात्तिक ८ गतेदेखि लागु हुने भनिएको क्लिन फिड नीतिलाई नयाँ आर्थिक बर्ष अर्थात् श्रावण १ गतेदेखि नै लागु गर्नु सबै दृष्टिकोणले उपयुक्त हुने हामी सबैको ठहर छ’ ज्ञापनपत्रमा भनिएको छ ।

    हाल भारतीय च्यानलहरु नेपालमा विज्ञापनसहित प्रशारण हुँदै आएका छन् ।

    विदेशी च्यानललाई विज्ञापनरहित गर्नु भनेकोे आयात निरूत्साहित गरेर नेपालको व्यापार घाटा कम गर्ने र उत्पादनशील क्षेत्रलाई लागत प्रतिस्पर्धी बनाउने एउटा महत्वपूर्ण कदम भएको उनीहरुले बताएका छन् ।

    ‘क्लिन फिडको सिधा लाभ राष्ट्रले पाउँछ । तसर्थ बिलम्ब नगरी यो नीति कार्यान्वयन गर्नु देश र जनता सबैको हितमा रहेको छ’ ज्ञापनपत्रमा भनिएको छ ।

    मिडियासम्बन्धी संघ संस्थाहरुले हालै भारतीय टेलिभिजनले नेपाल, प्रधानमन्त्री केपी शर्मा ओलीका विषयमा गरेको तल्लो स्तरको टिप्पणी गरेको भन्दै विरोध जनाएको छ ।

    ‘भारतीय मिडियाहरुको नेपालप्रतिको रबैयाले एकातिर पत्रकारिताका न्यूनतम विश्वव्यापी मूल्य, मान्यता, अभ्यास र सामान्य सिद्धान्तको खिल्ली उडाएको छ भने अर्कोतिर भारतीय मिडियाले आफैलाई नंग्याएको छ’ ज्ञापनपत्रमा भनिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार