आइतबार, भदौ १४ गते २०८३

कमजोरी हो कि, भुल हो...

कमजोरी हो कि, भुल हो...

अखबार दैनिक
सोमबार, असार २९ २०७७
  • कमजोरी हो कि, भुल हो...

    २९ असार, काठमाण्डौं ।भूषण दाहाल . 
     हाम्रो देशको भुमि एउटै किसिमको छैन। बिश्वमै सवैभन्दा अग्लो ठाउँ सर्बोच्च शिखर सगरमाथामा हाम्रो काखमा छ । हिमाल पहाड र तराईमा हरेक बर्ष, बर्षातको समयमा हामी मुलुक वासीले भोग्नु परेको कठिनाईको वणन गरेर सकिँदैन सकिन्छ त भाद्र देखि बर्षा कम हुन्छ जेष्ठ सम्मलाई किनकी यतिबेलाको बर्षाले कुने अपराध गर्दैन। हरेक असार र साउने बर्षातमा नदिले कटान र डुवान दुवै गरेको छ । पहाडका विभिन्न वस्तीहरु बाढि पहिरोको उच्च जोखिममा छन। भौतिक र अभौतिक क्षति बर्सेनि भईरहेकै छ। साविकको नदी नाला अतिक्रम गर्न पाउँदा खुसी हुनेहरु यतिवेला खै कहाँ छन । जमिन खन्ने मुसाहरु। हामीले तराईमा मात्र डुवान हुन्छ भन्ने थाहा पाएका थियोे तर उपत्यका पनि डुवान सहन बाध्य भयो कतिले भोगेका छौ कतिले देखेका छौ । कतिले सुनेका छौ। खै नदी नालालाई दिगो रुपमा नियन्त्रण गर्न सकेको? पहाडमा पहिरो जानू भन्दा पहिले खै वस्ती स्थानतरण गरेको? यो कमजोरी हो कि भुल हो, आज मात्र होईन बर्सेनि भईरहेको छ। सरोकार वाला निकाय को हो? म,तपाईं, हामी र सरकार के यस्तो बिपत्ति हुन्छ भन्ने यहाँ भन्दा पहिला थाहा थिएन होलार ? राहातका पोका बोकेर जानू भन्दा बर्सेनि बितन्ड मचाउदै झर्ने पहाड र वग्ने नदि नालालाई नियन्त्रण गर्न हातमा औजार अनि, हामी, हामीमा, हाम्रो मुलुकमा कुनैपनी बिपत्ति अाउन दिदैनौ भनेर महान अठोटका साथ विशाल जोस र जागर बोकेर जाने शक्ति र समूह हुनुपर्छ। अनिमात्र जोखिम न्युनिकरण होला। त्यो समय जुन बेलासम्म आउदैन, हामीले यो बिपत्ति बर्सेनि सामना गर्न सक्ने साहास र सामर्थ्य बटुल्नै पर्छ। राष्ट्रिय समाचार दैनिकमा मुख्य समाचार नबने सम्म हामीलाई कुनै कुराको महत्व हुदैन। भौतिक क्षतिले मात्र पुग्दैन हामीलाई मानवीय क्षतीनै चाहिन्छ। अनिमात्र ध्यान गर्न बसेका मेरा, तपाईका, हाम्रा, र सरकारका थोरै नयनका परेली खुल्छन्। अनि सक्नेहरु आँखा डुलाउन चिलगाडी लिएर जान्छन। जनताको दुख भुझनेहरु भएपो सडक मार्ग हुँदै जानू। रंगमञ्चमा रमाउन जानेलाई त चिलगाडि नै बेस होला। बेसरमहरु भन्न मिल्छ होला।अनि हामी सबै मिलेर दुख व्यक्त गर्छौ। ज्यान गुमाउने हरु पर्ती गहिरो संवेदना। घाइतेहरु प्रति सिघ्र-स्वास्थ्य लाभको कामना। आफन्तलाई धैरे धारण हुने शक्ति श्री पशुपति नाथले प्रदान गरून्। यो हाम्रो कमजोरी र लाचारीपना हो। राहातको पोका हातमा बोकेर राहात हस्तान्तरण गर्नु भन्दा पहिले तस्बिर कैद गर्नासाथ यता मुहार पुस्तिकामा तस्बिर र पिडितको हातमा राहात एकैसाथ खस्छन। अनि गर्भका साथ भन्छौं। राहात बाडेर राहात महसुस भएको छ। तर हामीले अपनाएको जोखिम न्युनिकणको प्रयासले खोला नाला नियन्त्रण भए पहिरो गएन, नदिले कटान गरेन हाम्रो बस्ती सुरक्षित छ। हामी कहि कतै सुरक्षित जग्गामा जानू परेन भन्ने दिन कहिले आउला त्यो पनि गर्भका साथ। के यो अभ्यास हामिले र हाम्रो सरकारले गर्नु पर्दैन र ? नेपाली उखान छ। के मेरो हातमा चै दहि जमेको छ र। जमेको छैन किन चुप लागेर बस्ने कर्म गर्न अग्रसरता देखाउनु पर्योनी। यस्तै यस्तै हुने हो भने के होला। ।।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ