जेठ ७ काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार सामान्य अंकले घटेको छ । आज बजार ७.९४ अकले घटेर २६६९.५१ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
बजार घटे पनि कारोबार रकम भने बढेको छ । मंगलबार ७ अर्ब ३१ करोडको कारोबार भएको बजारमा बुधबार १० अर्ब ६९ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज ९३ कम्पनीको सेयर मुल्य बढेको छ भने १५३ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।