आइतबार, साउन २० गते २०८२

प्रधानमंत्री केपी शर्मा ओलीले अयोध्या नेपालमा पर्ने र राम नेपाली भएको अभिव्यक्तिको भारतले गर्यो निन्दा

प्रधानमंत्री केपी शर्मा ओलीले अयोध्या नेपालमा पर्ने र राम नेपाली भएको अभिव्यक्तिको भारतले गर्यो निन्दा

अखबार दैनिक
मंगलबार, असार ३० २०७७
  • प्रधानमंत्री केपी  शर्मा ओलीले अयोध्या नेपालमा पर्ने र राम नेपाली भएको अभिव्यक्तिको भारतले गर्यो निन्दा

    ३० असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या नेपालमा पर्ने र राम नेपाली भएको अभिव्यक्ति दिएपछि भारतमा चर्को आलोचना भएको छ ।

    images

    भारत सरकारको नेतृत्वकर्ता दल भाजपाले प्रधानमन्त्री ओलीले विवादित अभिव्यक्ति दिएको भन्दै निन्दा गरेको छ । भाजपाका राष्ट्रिय प्रवक्ता विजय शोनकर शास्त्रीले रामप्रतिको आस्थामा खेलवाड गर्न नहुने पनि बताए ।

    ओलीको आलोचना गर्दै शास्त्रीले भनेका छन्, ‘भगवान राम हाम्रो आस्थाको प्रतीक हुन् र यहाँका कसैले पनि आस्थामा खेलवाड गर्न दिँदैनन् । चाहे त्यो नेपालको प्रधानमन्त्री होस् वा जो कोही होस् ।’

    सोमबार भानुजयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा ओलीले रामको जन्म नेपालको अयोध्यापुरीमा भएको तर भारतले साँस्कृतिक अतिक्रमण गरेको अभिव्यक्ति दिएका थिए ।

    ओलीको यस अभिव्यक्तिलाई भारतीय मिडियाहरुले राजनीतिक विवाद उक्साउने उद्देश्य भनेका छन् । भारतीय सन्चारमाध्यम पीटीआईले नेपालका प्रधानमन्त्री ओलीको भनाइ आश्चर्यजनक र स्तब्ध पार्ने खालको भनेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार