शुक्रबार, साउन २२ गते २०८३

लुतो फाल्ने दिन अर्थात साउने सङ्क्रान्ति र महत्व

लुतो फाल्ने दिन अर्थात साउने सङ्क्रान्ति र महत्व

अखबार दैनिक
बिहीबार , साउन १ २०७७
  • लुतो फाल्ने दिन अर्थात साउने सङ्क्रान्ति र महत्व
    सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने साउन १ गतेलाई कर्कट सङ्क्रान्तिका रुपमा मनाइन्छ ।
     
    माघ १ गते अर्थात् मकर सङ्क्रान्तिका दिन उत्तरतर्फको यात्रा गर्ने सूर्यले आजैदेखि दक्षिणको यात्रा गर्ने भएकाले दक्षिणायन पनि कर्कट सङ्क्रान्तिकै दिनदेखि सुरु हुन्छ । साउन १ गते भएकाले आजको दिनलाई साउने सङ्क्रान्ति पनि भनिन्छ ।
     
    आजका दिन कण्डारक नाम गरेको रात्रिचर (राति हिँड्ने) को पूजा गरी बलेको अगुल्टो फालेपछि वर्षाभर खेतबारीको काम गर्दा लागेको छालाको रोग, खटिरा, लुतो आदि निको हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले  जानकारी दिनुभयो ।
     
    “वर्षभरका सङ्क्रान्तिमध्ये वैशाख, साउन, कात्तिक र माघ गरी चार वटालाई महत्वका साथ लिइन्छ । साउने सङ्क्रान्तिलाई लुतो फाल्ने दिनको रुपमा पनि मनाईदैं आएको किंबदन्ती छ । असार महिनाभरी हिलोमा पसी खेतीपातीको काम सकेपछि शरीरमा हिलोबाट निस्केका घाउखटिरा तथा शरीर चिलाउने समस्याबाट मुक्त हुन आज साँझ लुतो फाल्ने प्रचलन छ । लुतो फाल्दा साँझमा कुरिलो र तितेपाती आगोमा सल्काई अगुल्टो लुतो लैजा भनी चारैदिशा फाल्ने र नाङ्लो ठटाई घरको मूलढोका बन्द गर्ने गरिन्छ ।
     
    साउनेसङ्क्रान्तिलाई किसानले खेतीपातीको काम सकेपछि मनोरञ्जनका रूपमा आफ्ना चेलीबेटीलाई बोलाई रमाइलोसँग मनाउने चाडका रूपमा पनि लिने गरिन्छ ।
    sabin 3.jpg
       
    पञ्चाङ्गका अनुसार सूर्यनारायणका दुई अयन, उत्तरायण र दक्षिणायन हुन्छ । माघ महिनादेखि उत्तरायण हुन्छ भने साउनदेखि दक्षिणायन हुन्छ । सूर्यको गति दक्षिणायन सुरु भएपछि नेपालमा राष्ट्रिय सांस्कृतिक पर्व सुरु हुन्छ ।
     
     गाईजात्रा, नागपञ्चमी, जनैपूणिर्मा, श्रावणी मेला, पञ्चदान, कुसे औँसी, हरितालिका, इन्द्रजात्रा, कुमारीयात्रा, अनन्तचतुर्दशी, सोह्रश्राद्ध, बडादसैँ, रुद्रायणीनाच, तिहार, बालाचतुर्दशी, गौरापर्व, छठ, योमह्री पूणिर्मा, स्वस्थानी पूजालगायतका धार्मिक एवम् सांस्कृतिक पर्व दक्षिणायनमा पर्छन् ।
     
      श्रावण महिना सनातन हिन्दू धर्माबलम्बीले विद्या, धन, असल पति तथा पुत्रलाभका लागि शिवजीको व्रत, पूजा, आराधनाको महिनाका रूपमा लिने गरेका छन् । श्रावण महिना सनातन हिन्दू धर्माबलम्बीले विद्या, धन, असल पति तथा पुत्रलाभका लागि शिवजीको व्रत, पूजा, आराधनाको महिनाका रूपमा लिने गरेका छन् ।
     
    यसैबीच साउने सोमबारको ब्रत लिने भक्तजनहरुको आज पशुपतिनाथ लगायत देशभरका शिव मन्दिरहरुमा विहानैदेखि घुइँचो लाग्दछ । साउन महिनामा पर्ने हरेक सोमबार ब्रत बसे मनले चिताएको कुरा पुग्ने जनविश्वास छ । यस पटकको साउन महिनामा पाँचवटा सोमवार परेकोले यसको महत्व अझ वढि रहेको छ ।
     
    हरियो रङ्गका बस्त्र, चुरा र मेहंदी लगाए भगवान शिवजी खुसी भई मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । पशुपति विकासकोषले भक्तजनलाई पशुपतिनाथको दर्शन गर्न सजिलो होस भनेर विशेष व्यवस्था गरिएको छ । यसैबीच, साउन महिनाभरी महादेवको आराधनामा बोल बम यात्रा गर्ने चलन पनि छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार