मंगलबार, असार ४ गते २०८२

आरोही कामिरिता शेर्पाद्वारा ३१औँ पटक सगरमाथाको सफल आरोहण

आरोही कामिरिता शेर्पाद्वारा ३१औँ पटक सगरमाथाको सफल आरोहण

मंगलबार, जेठ १५ २०८२
  • आरोही कामिरिता शेर्पाद्वारा ३१औँ पटक सगरमाथाको सफल आरोहण

    जेठ १३ काठमाडौँ । विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३१ औँ पटक सगरमाथा आरोहण सफल गर्नुभएको छ । सोलुखुम्बु थामेका ५५ वर्षीय शेर्पाले आज बिहान ४ः०० बजे सगरमाथाको शिखरमा पुगेर यसअघि आफैँले राखेको कीर्तिमान तोड्नुभएको हो ।

    images

    अघिल्लो वर्ष शेर्पाले २९ र ३० औँ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाउनुभएको थियो । पर्यटन विभागका अनुसार आजदेखि सगरमाथा आरोहण सकिनेछ । यो ‘सिजन’मा ४६ आरोही समूहका ४५८ जनाले आरोहण अनुमति लिएका थिए । उनीहरुमध्ये करिब ५०० जनाले सगरमाथा आरोहण गरेको जनाइएको छ । रसस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ