बिहीबार , साउन २१ गते २०८३

‘नरसिंहाः अवतार’ले एकसातामा कति कमायो?

‘नरसिंहाः अवतार’ले एकसातामा कति कमायो?

फिल्म ‘नरसिंहा अवतार’ले पहिलो साता १ करोड २२ लाख रुपैयाँ ग्रस कमाइ गर्‍यो।

अखबार दैनिक
शुक्रबार, जेठ १६ २०८२
  • ‘नरसिंहाः अवतार’ले एकसातामा कति कमायो?

    महानायक राजेश हमालको ८ वर्षपछिको कमव्याक फिल्म ‘नरसिंहाः अवतार’ले आज शुक्रबारबाट दोस्रो साता प्रवेश गरेको छ। यस फिल्मले पहिलो साता दुई करोड ४ लाख ग्रस कलेक्सन गरेको निर्माणटिमको दाबी छ। 

    फिल्मको प्रमोसनमा महानायक हमाल खासै हिँड्दैनन्। तर फिल्म ‘नरसिंहाः अवतार’का लागि भने उनी फिल्म रिलिज भएदेखि नै दर्शकसँग साक्षात्कार गर्न व्यस्त छन्। फिल्म रिलिजको सुरुवाती दिनमा काठमाडौँ उपत्यकाका प्रमुख सिनेमा हल पुगेर दर्शकसँग साक्षात्कार गरेका हमाल यतिबेला देश दौडाहामा छन् ।

    उनी ‘नरसिंहाः अवतार’का दर्शक भेट्नका लागि पूर्वी नेपालको यात्रा पूरा गरेर यतिबेला पश्चिम नेपालमा छन्। उनीसहित अभिनेता राज कटुवाल, अभिनेत्री सनिशा भट्टराई, वितरक छविराज ओझालगायत छन्।

    फिल्मका उपत्यका वितरक करण श्रेष्ठका अनुसार दोस्रो सातामा आइपुग्दा फिल्मप्रति दर्शकको क्रेज उत्तिकै बढी छ। फिल्म हेर्ने अधिकांश दर्शकले फिल्ममा राजेश हमालको उपस्थितिलाई उत्कृष्ठ मानेका छन्। दीवाकर भट्टराई निर्देशित यस फिल्ममा हमालसहित राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, रमेश चन्द सोडारीलगायतको अभिनय छ। क्रियटिभ सिने आर्ट्सको ब्यानरमा नेम महर्जन, दीपक ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको फिल्ममा लगानी छ। 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार